logo

सगरमाथा लगायत विभिन्न हिमाल आरोहणकालागि ८३३ जनाले लिए अनुमति

४३ करोड २८ लाख रुपैयाँ राजश्व संकलन

    1218   पटक पढिएको

११ बैशाख/अर्थ र व्यापार –  कोरोना विश्व महामारिले झन्डै तीन वर्ष थलिएको मुलुकको पर्यटन क्षेत्रमा हाल विस्तारै चहलपहल बढ्न थालेसँगै यसवर्षको बसन्त ऋतुमा सगरमाथा सहित विभिन्न हिमाल आरोहणकालागि ८३३ जनाले अनुमति लिएका छन ।
यस वर्ष विभिन्न ७३ वटा मुलुकका कुल ८३३ जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार उनीहरुले सगरमाथा लगायत विभिन्न २३ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । अझै हिमाल आरोहणकालागि अनुमति लिनेहरुको संख्या बढ्दै गइरहेको विभागले जनाएको छ ।
यस वर्षकालागि हिमाल आरोहणको अनुमति लिने आरोहीहरुमा युद्धरत रुसका २७ र युक्रेनका १ जना आरोही पनि रहेका छन् । पर्यटन विभागको तथ्यांक अनुसार रुसबाट २७ जना र युक्रेनबाट १ जना आरोहीले हिमाल आरोहणकालागि अनुमति लिएका छन् । हालसम्म अनुमति लिने मध्ये १८१ जना महिला र ६५२ जना पुरुष आरोही रहेका छन् ।
यस वर्षको बसन्त ऋतुकालागि सगरमाथा लगायत विभिन्न हिमाल अनुमति लिएका आरोहीहरुबाट सरकारले झन्डै ४३ करोड २८ लाख ३९ हजार ३२६ रुपैयाँ भन्दाबढी रोयल्टी रकम संकलन गरेको विभागले जनाएको छ ।
अहिलेसम्मको विवरण अनुसार यस वर्ष सबैभन्दा बढी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरु रहेका छन् । सगरमाथा आरोहणकालागि हालसम्म ५५ देशका २९२ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । यसैगरि, सगरमाथा आरोहणको लागि हालसम्म सबै भन्दा धेरै अमेरिकी आरोहीले अनुमति लिएका छुन् ।
यो मौसमकालागि अमेरिकाबाट ६३, बेलायतबाट ३३, भारतबाट २२, क्यानडाबाट १७, नेपालबाट २०, फ्रान्सबाट १२, अष्ट्रेलियाबाट १०, इराकबाट १, जापानबाट ७, आयरल्याण्डबाट ६, नेदरल्याण्ड्सबाट २, नर्वेबाट २, दक्षिण कोरियाबाट १, रोमानियाबाट १ जनाले आरोहणकालागि विभागबाट अनुमति लिएका छन् ।
यसैगरि, अर्जेन्टिना २, अष्ट्रिया ६, बेल्जियम १, ब्राजिल ४, बुल्गेरिया १, चीन १०, क्रोएसिया १, चेक रिपब्लिक १, डेनमार्क १, इक्वेडर २, इजिप्ट १, एल साल्भाडोर १, फिनल्याण्ड ३, जर्मनी ४, होण्डुरस १, इजरायल २, इटाली २, केन्या १, लिथुवानिया १, मलेसिया ३, मेक्सिको ४, मंगोलिया २, न्युजल्याण्ड २, न्युजल्याण्ड १, ओमान १, पोल्याण्ड १, पोर्चुगल १, कतार १, साउदी अरब १, सिंगापुर १, दक्षिण अफ्रिका २, स्वाजील्याण्ड २, स्वीडेन २, उरुग्वे १ र भियतनाम २ जनाले सगरमाथा हिमाल आरोहणकालागि अनुमति लिएको विभागले जनाएको छ ।
विश्वको सर्बोच्च शिखर सगरमाथापछि यस वर्षको बसन्त ऋतुमा ल्होत्से (८,५१६मि) हिमाल आरोहणका लागि धेरैले आरोहीले आरोहण अनुमति लिएका छन् । ल्होत्से हिमाल आरोहणका लागि एकसय ३ जना आरोहीले अनुमति लिएका छन् ।
यसैगरि, अमादब्लम हिमाल आरोहणका लागि ९७ जना , अन्नपूर्ण–१ हिमाल आरोहणकालागि २६ जना , अन्नपूर्ण–४ का लागि ९ जना , बरुन्त्से हिमालका लागि २०जना , भेम्डिङ–रि हिमालका लागि ८ जनाले आरोहण अनुमति लिएका छ ।
त्यसैगरि, धौलागिरि हिमाल आरोहणका लागि २७ जना, गंगापूर्ण हिमालका लागि २ जना , हिमलुङ हिमाल आरोहणका लागि ३५ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि ६७ जना , खाङचुङ पिकका लागि २जना , ल्होत्सेका लागि १०३ जना , मकालुका लागि ३९ जना , मनास्लुका लागि ९ जना , मुकोट हिमालका लागि ४ जना , र्नोबुखाङ हिमालका लागि ५ जना , नुप्च्से हिमालका लागि ५७ जना , पु–खाङ हिमालका लागि ५ जना , पोखार–खाङ हिमालका लागि ९ जना , थापा पिकका लागि १० जना र उर्खमान हिमालका लागि २ जनाले अनुमति लिएको विभागले जनाएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।