logo

पाटा नेपाल च्याप्टरको निर्वाचन प्रक्रिया विधान विपरीत भएको पूर्व अध्यक्ष पाण्डेको आरोप ,कानुनी उपचारकालागि अदालत जाने

    1074   पटक पढिएको

२० चैत/अर्थ र व्यापार– पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डेले पाटा नेपाल च्याप्टरको निर्वाचन प्रक्रिया विधान विपरीत भएको आरोप लगाउँदै अब आफु कानुनी उपचारकालागि अदालत जाने बताएका छन् । 

पाटा नेपाल च्याप्टरको आगामी २८ चैतमा हुन लागेको साधारण सभाबाट संशोधित विधान निलम्बन गरेर सहभागी तथा प्रतिस्पर्धामूलक निर्वाचन सम्पन्न गर्न पहल भइरहेका बेला गत १६ चतमा निर्वाचन कार्यक्रम सार्वजनिक गरी आफुअनुकुलका निर्धारित व्यक्तिलाई मात्र नेतृत्वमा पुराउने अवसर प्रदान गरेको पाण्डेको आरोप छ ।
सो निर्वाचन कार्यक्रम स्थगनका लागि आफुले गत १७ चैतमा जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन समेत दर्ता गराइसकेको जानकारि गराउँदै पाण्डेले अब आफुले यो निर्वाचन स्थगनको माग राख्दै आइतबार अदालतमा मुद्दा दायर गर्ने जानकारी दिए ।
‘वर्तमान पदाधिकारिहरु एकलौटी रुपमा अघि बढि सिमित व्यक्तिहरुको घेराबन्दीमा संस्था कब्जा गर्ने प्रयास भएकाले अब यस परिस्थितिबाट यो संस्था बचाउन म कानुनी उपचारमा जाँदै छु ’ पाण्डेले भने । 

पत्रकार सम्मेलन गर्दै पाण्डेले २०७६ सालको २ पुसमा सम्पन्न साधारण सभामा भएको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार आफ्ना भतिज अनुज पाण्डेमाथि तत्कालीन पदाधिकारीहरू र निर्वाचन अधिकृतसमेतको मिलेमतोमा कपटपूर्ण जालझेल र उम्मेदवारी खारेजी गरिदिएको आरोप लगाउँदै यसका विरुद्ध आफू अदालत जाने तयारी गरेको जानकारी दिए ।
उनले सो घटना पछि निर्वाचन परिणाम तथा साधारण सभाको वैधानिकता खारेजीका लागि २०७६ सालको २८ पुसमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको निवेदन अझैसम्म कारबाहीकै सिलसिलामा रहेको बताए ।
एक्प्रोलर हिमालय ट्राभल एन्ड एडभेन्चरका अध्यक्षसमेत रहेका सुमन पाण्डेले १९७५ मा स्थापना भएपछि नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रियकरण गर्दै विभिन्न विधामा अग्रणी भूमिका खेल्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन अन्तरगतको पाटा नेपाल च्याप्टरमा संलग्न केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थ तथा अपारदर्शी क्रियाकलापका कारण अहिले यो संस्था अधोगति तर्फ गइरहेको आरोप लगाउँदै अब यसलाई बचाउन आफू यसरी अघि बढ्न बाध्य भएको धारणा राखे ।
‘म स्वयम सन् २०१३ जनवरीदेखि २०१७ डिसेम्बर सम्म ५ वर्ष पाटा नेपाल च्याप्टरको अध्यक्ष भई विभिन्न गतिविधिमा आपसी सहकार्य मार्फत संस्थालाई उच्चतम सफलता उन्मुख बनाउँदै बरिष्ठ पर्यटन व्यवसायी, युवा व्यवसायी, उद्यमी, विद्यार्थी बुद्धिजीवी, विदेशी व्यक्तित्वहरूको मर्यादापूर्ण सहभागिता विधान मार्फत स्थापित गरेर पाटा नेपाल च्याप्टरलाई पारदर्शी तथा जतिसक्दो धेरै क्षेत्रमा संलग्न व्यक्तिहरुको सहभागितामूलक संस्थाका रूपमा हस्तान्तरण गरेता पनि त्यसपछिका दिनहरूमा अवस्था साँघुरिँदै गएको देखियो ’ पाण्डेले भने ।

पाण्डेले निष्पक्ष, स्वतन्त्र तथा पारदर्शी रूपमा प्रस्तुत हुँदै नयाँ पुस्तालाई समेत समावेश गरेर पर्यटकीय सामाग्री उत्पादन, प्रवद्र्धन, सञ्जाल बिस्तार, ब्रान्ड विकास, व्यवसाय बिस्तार, पर्यटकीय शिक्षा, संकट व्यवस्थापन तथा प्रविधि, सूचनाको संकलन तथा सम्प्रेषण जस्ता गतिबिधि मार्फत् गर्बिलो इतिहास बोकेको, सार्वजनिक निजी साझेदारीमा सञ्चालित एक मात्र संस्था पाटा नेपाल हाल संलग्न व्यवसायीहरूले एकलौटिकरण गर्दै यो संस्थालाई आफूअनुकुलको स्वार्थ पुरा गराउने उद्देश्यका साथ फरक बिचारलाई अवमूल्यन गर्दै बन्देज उन्मुख क्रियाकलाप बढाउँदै लगेको कारण अहिले आफु पत्रकार सम्मेलनको अवस्थासम्म आई पुगेको बताए ।
पूर्व अध्यक्ष पाण्डेले जानकारि गराए अनुसार अहिलेको वर्तमान कार्यसमितिले गरेको निर्वाचन प्रक्रियामा हालका पदाधिकारी मात्रै अध्यक्षमा लड्न पाउने व्यवस्था गरिएको छ ।

कोषाध्यक्ष वा सचिव भएको व्यक्ति मात्र अध्यक्ष हुन पाउने प्रपन्च रचिएको छ । पहिले एक कार्यकालमा कार्यसमितिमा रहेको व्यक्ति अध्यक्ष हुने व्यवस्था थियो । सो व्यवस्था हटाएर २०७७ सालको २१ फागुनमा पार्कभिलेज रिपोर्टमै भएको साधारण सभा मार्फत वैधानिक सदस्यहरूको अत्यन्तै न्यून उपस्थितिकाबिच विधान संशोधन गर्दै प्रतिस्पर्धा तथा सहभागिताको घेरालाई समेत अत्यन्तै साँघुरो बनाउँदै सम्भवतः संलग्न व्यक्तिहरू मात्रै अध्यक्ष तथा पदाधिकारी हुन सक्ने अवस्था सृजना भएकोमा आफ्नो आपत्ति रहेको पाण्डेले बताए ।
उनले यस प्रकारका क्रियाकलापले गर्दा व्यक्तिको संवैधानिक हक प्रदत्त प्रतिस्पर्धा तथा सहभागिताबाट विमुख गर्ने यस्तो विधान संशोधन खारेज गरियोस् भनी २०७७ सालको २ चैतमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौँका नाममा निवेदन पेस गरेका थिए ।

पाटा नेपाल च्याप्टरको आगामी २८ चैतमा हुन लागेको साधारण सभाको सन्दर्भमा संशोधित विधान निलम्बन गरेर सहभागी तथा प्रतिस्पर्धामूलक निर्वाचन सम्पन्न गर्नका लागि विभिन्न माध्यामबाट पहल भइरहेका बेला १६ चैतका दिन निर्वाचन कार्यक्रम वितरण गरी सोही दिन १२ बजेदेखि निर्वाचन कार्यक्रम सीमित समय भित्र सम्पन्न गरी आफुले चाहेको निर्धारित ब्यक्क्तिहरुलाई मात्र संलग्न हुने अवसर प्रदान गर्नुले वर्तमान कार्यसमितिको दूषित मनसाय देखिएको पाण्डेको गुनासो छ ।
यसैगरि, पूर्व अध्यक्ष पाण्डेले निर्वाचन कार्यक्रम स्थगनका लागि गत १६ चैतमा जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराईसकेको जानकारी दिए ।
पाटा इन्टरनेशनलका कोषाध्यक्ष समेत रहेका पाण्डेले नेपाल च्याप्टरका वर्तमान पदाधिकारीहरू एकलौटी रूपमा अघि बढ्दै सीमित ब्यक्तिहरुकोे घेराबन्दीमा संस्थालाई नै कब्जा गर्न लागेकोले अब आफुले यो संस्था बचाउनका लागि पनि कानुनी उपचारमा जानुपर्ने अवस्था आएको बताए । तर, यस विषयमा पाटा नेपालका अध्यक्ष विभूतीचन्द ठाकुरले भने वर्तमान कार्यसमितिले विधानकै अधीनमा रहेर आफ्ना कार्यहरू गरिरहेको प्रतिक्रिया दिए ।
अब कानुनी उपचारकालागि अदालत जाने तयारीमा रहेका पाण्डेले भने अहिलेका वर्तमान कार्यसमितिका पदाधिकारिले आवस्यक न्युनतम सदस्य संख्या समेत नपुराईकन गरिएको यो संसोधित विद्यान आफुहरुलाई अमान्य भएको दावी गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।