logo

प्रथम नागार्जुन रानीपाटी महोत्सव हुने

    1145   पटक पढिएको

१४ चैत/अर्थ र व्यापार – नयाँ वर्ष २०७९ को अवसरमा आगामी २८ चैतबाट काठमाडौको नागार्जुन नगरपालिका– ४ रानीटार सितापाइलामा ‘प्रथम नागार्जुन रानीपाटी महोत्सव’ हुने भएको छ ।
नागार्जुन नगरपालिका भित्रका स्थानीय कला, संस्कृति र उत्पादनको प्रवद्र्धन, ऐतिहासिक संम्पदाको प्रचार प्रसार तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेस्यकासाथ १७ दिनसम्म आयोजना हुने सो महोत्सव आगामी १५ बैशाखसम्म चल्ने छ ।
रानीपाटी टोल सुधार समिति र नागार्जुन नगरपालिकाको संयुक्त आयोजनामा हुने सो महोत्सवमा एकसय भन्दाबढीको स्टलहरु हुने छन भने दैनिक राष्ट्रिय चर्चित कलाकारहरुद्धार बेजोड साँगितिक प्रस्तुती हुने छ । यस महोत्सवको विशेष सहयोगी आयोजक संस्थामा नेपाल मेला महोत्सव संघ केन्द्रिय कार्यालय काडमाडौ रहेको छ ।
महोत्सवको तयारीबारे जानकारि दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रथम नागार्जुन रानीपाटी महोत्सव आयोजक समितिका संयोजक शेखर श्रेष्ठले यहाँका स्थानीय टोलवासी र व्यवसायीहरुको सक्रियता र नगरपालिकाको सहकार्यमा पहिलोपटक यो महोत्सव आयोजना गर्न लागेको बताए । उनले यो महोत्सव निकै आकर्षक हुने बताए । समितिका कोषाध्यक्ष अनिल ताम्राकारले १७ दिनसम्म चल्ने यस महोत्सव सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनले यो महोत्सवमा लाग्ने खर्च नागार्जुन नगरपालिका, स्थानीय व्यवसायी र टोलबासीबाट जुटाइने जानकारि दिए ।
महोत्सवको तयारीबारे जानकारि दिन आयोजित पत्रकार सम्मेलनमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले स्थानीय रानीपाटी टोलसुधार समितिको सक्रियतामा हुन लागेको यो महोत्सव स्थानीय उत्पादन र यहाँका परम्परागत ऐतिहासिक साँस्कृतिक धरोहरको प्रवद्र्धन र प्रचार प्रसारमा निकै उपयोगी र फलदायी हुने अपेक्षा गरिएको बताए ।
उनले विशेषगरि यहाँका स्थानीय नेवार समुदायको पुरानो संस्कृति तथा झाँकी प्रदर्शन यो महोत्सवको मुख्य आकर्षण हुने जानकारि गराए । यो महोत्सवलाई यस नगरपालिकाले राम्रो आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मेयर बस्नेतले भने, ‘ म निर्वाचत भएर आएपछि यो नगरपालिकामा धेरै पूर्वाधार विकासका काम सम्पन्न भएका छन । ’ उनले अहिले यस नगरपालिका भित्र ७ खर्ब रुपैयाँ लगानीमा एसियाकै पहिलो सबैभन्दा अग्लो राधा कृष्ण मन्दिर निर्माण हुन लागेको समेत जानकारि गराए । उनले काठमाडौ उपत्यकाभित्रका अन्य नगरपालिकाहरु भन्दा यो नगरपालिका पर्यटकीय, वातावरणीय र औद्योगीक क्षेत्रले सबैभन्दा उत्कृष्ट भइसकेको दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।