logo

विदेशबाट आउने यात्रुले सीसीएमसीसी फारम भर्नुपर्ने नियम हट्यो

    1312   पटक पढिएको

११ चैत/अर्थ र व्यापार – सरकारले विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने यात्रुले विमानस्थलमा पस्न सीसीएमसीसी अनलाइन फारम भर्नुपर्ने नियम हटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बिहीबार यस्तो निर्णय भएको जानकारी गराए । शुक्रबार राजधानीमा आयोजित ‘गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल’को २४ औं वार्षिक साधारणसभामा पर्यटन सचिव न्यौपानेले यस्तो जानकारी गराएका हुन् ।
उनले व्यवसायीको माग अनुसार सरकारले कोरोना महामारिको बेलामा लागु गरिएको सो नियम हटाएको बताए । उनले सरकारको यो निणर्य पर्यटन व्यवसायीकालागि एउटा खुसीको कुरा भएको बताए । यसअघि व्यवसायीले यस्तो व्यवस्थालाई निकै झन्झट बेहोर्नुपरेको भनि गुनासो गर्दै आएको जानकारि गराउँदै उनले अहिले सरकारले व्यवसायीको गुनासो सम्बोधन गरेको बताए ।
यसैगरि, सचिव न्यौपानेले विदेशी मुद्रा आर्जन गर्न पर्यटनको ठूलो महत्व हुने भन्दै सरकारले पनि विशेष महत्व दिने बताए । अब पर्यटनका माध्यमबाट हरेक गाउँले लाभ लिनुपर्नेमा जोड दिँदे न्यौपानेले भने, ‘सरकारले पनि यस्तै नीति लिएको छ ।’
विगत तीन वर्षअघि २०७६ सालको चैत महिना लागेदेखि सुरु भएको कोरोना विश्व महामारीसँगै सरकारले नेपाल आउने सबै यात्रुले अनलाइन फारम भर्नुपर्ने नियम ल्याएको थियो । यसले यात्रुको ट्रयाकिङ गर्न सघाउ पुग्ने अपेक्षा गरिएको थियो । तर, कोरोना महामारी फैलिएसँगै ट्रयाकिङ गर्ने काम समेत सफल हुन सकेको थिएन । त्यसैले झन्झट भने कायम रहेको भन्दै व्यवसायीले हटाउन माग गरेका थिए । अहिले व्यवसायीको माग संवोधन गरिदिएको उनको भनाई थियो ।
भिटोफ नेपालको यही साधारण सभासँगै हुने निर्वाचनले भिटोफको आगामी नयाँ नेतृत्व चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।