logo

सेवा सञ्चालनको पाँचौ वर्षमा कैलाश हेलिकोप्टर

    1051   पटक पढिएको

१० चैत/अर्थ र व्यापार – कैलाश हेलिकोप्टर प्रालि सञ्चालनमा आएको पाँचौ वर्षमा प्रवेश गरेको छ । पर्यटन क्षेत्रमा क्रियाशिल व्यवसायीहरुको लगानीमा सञ्चालीत निजी हेलिकोप्टर कम्पनी कैलाश हेलिकोप्टरले स्थापनाको छोटो समयमा नै व्यवसायीक सफलता पाएको छ ।
सुरुमा २ वटा हेलिकोप्टर मार्फत आन्तरिक उडान सुरु गरेको कैलाशले २०७६ सालमा अर्को नयाँ हेलिकोप्टर थपेर तीनवटा मार्फत नियमित व्यवसायीक तथा आपतकालिन उद्धार उडान भर्दै आईरहेको छ । पाँचवटा हेलिकोप्टर मार्फत उडान गर्ने योजना बनाएको कैलाशलाई कोरोना विश्व महामारिका कारण पर्यटन क्षेत्र ध्वस्त भएसँगै निकै धक्का पुगेको थियो ।
अहिले नेपाल लगायत संसारभर कोरोना संक्रमणदर न्यून हुँदै गएको र पर्यटकको पनि चहपहल बढ्न थालेसँगै अवस्था सामान्य हुँदै गएको छ । विस्तारै पर्यटकीय गतिविधी बढेर राम्रो अबस्था भएको खण्डमा आगामी सन् २०२३ को सेप्टेम्बर भित्रमा नयाँ हेलिकोप्टर ल्याउने तयारी भएको कैलाश हेलिकोप्टर कम्पनीका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डेले जानकारी दिए । उनले आफुहरुको लक्ष्य अनुरुप समयले साथ दिएको खण्डमा यो कम्पनीको सेवा थप प्रभावकारी र पराकिलो बनाउँदै अघि बढ्ने बताए ।
सबै हिसावले पृथक तरिकाले सेवा दिँदै आएको यो हेलिकोप्टर कम्पनीले कोरोना महामारिको बेलामा पनि समस्यामा परेका धेरै कोरोना बिरामीको उद्धार गरेको थियो ।
यसैगरि, यस कम्पनीले हाइअल्टिच्युड अपरेसन्स, एरियल सर्भे, प्राकृतिक प्रकोप उद्धारका साथै बिरामीको पनि तत्काल उपचारका लागि अस्पताल लगायत विभिन्न गन्तव्यसम्म पु¥याउने लगायतका सेवा प्रदान गर्दै आएको सो एयरलाइनस कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचनले जानकारी दिए ।
विस्तारै कोरोना संक्रमणदर घटेपछि अहिले नेपालमा हाल व्यावसायिक गतिविधि मुलुकभर विस्तार भइरहे पनि देसका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न नसकेको अवस्थालाई दृष्टिगत गरी आफुहरुले सक्दो सेवा दिँदै आएको सो कम्पनीले जनाएको छ । हाल यो कैलाश हेलिकोप्टर कम्पनीमा अध्यक्ष शेरचन, प्रवन्ध निर्देशक पाण्डे सहित पर्यटन व्यवसायीहरु सीएन पाण्डे, इश्वरी पौडेल लगायत पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको संयुक्त लगानी रहेको छ । सेवा सञ्चालनको पाँचौं वर्षमा प्रवेश गरेको यो कम्पनीले आगामी दिनमा अझै आफ्नो सेवा विस्तार गरि यात्रुहरुलाई सहज रुपमा हवाई पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।