logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आज क्यालिब्रेसन फ्लाइट हुँदै

    1233   पटक पढिएको

१९ फागुन/अर्थ र व्यापार– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको नयाँ धावनमार्गको परीक्षणका लागि आज (बिहीबार) क्यालिब्रेसन फ्लाइट हुँदै छ ।
यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानका लागि आएको थाइल्याण्डको एरो थाईको विमानबाट अबको केही समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट हुन लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुई वटा प्रणालीको परीक्षणका लागि विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको हो । जसमध्ये एउटा रेडियो उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ ।
यसैगरि, धावनमार्गमा जडान भएको लाइटको परीक्षण गर्नकालागि पनि क्यालिब्रेसन फ्लाइट हुँदै छ । नयाँ जडान गरिएको यो लाइटले विमानको अवतरणमा सहयोग गर्छ । एयर थाईको विमान अहिले काठमाडौं विमानस्थलमै रहेको छ । त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि अहिलेसम्म यस्तो क्यालिब्रेसन उडान परीक्षण भएको थिएन । यान्त्रिक उडानको दौरान नियमित उडानहरु प्रभावित हुनेछन् ।
एक पटकमा दुई घण्टासम्म चल्ने यस्तो उडानका बेला नियमित उडानका विमानहरु भने होल्ड हुन सक्ने सिटौलाले जानकारी दिए । विमानस्थल बन्दै गर्नुपर्ने अवस्था भने नआउने उनको भनाई छ ।
अहिले विमानस्थलमा क्यालिब्रेसन उडान संचालन गर्ने सम्बन्धमा बैठक जारी रहेको र सोही बैठकले तोकेको समयमा मात्र क्यालिब्रेसन फ्लाइट र अन्य व्यवसायीक उडान हुने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।