logo

लाइसेन्स खारेजीसम्मको सरकारी ताकेताले क्यासिनो सञ्चालकबाट उठ्यो झन्डै साढे ७६ करोड बक्यौता

अझै विभिन्न क्यासिनोबाट १ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी

    1261   पटक पढिएको

९ फागुन/अर्थ र व्यापार – धेरै पटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालकमाथी भएको जरिवना सहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता रोयल्टी उठाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स (इजाजतपत्र) खारेज गर्नुकासाथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकहरुले धामाधम बक्यौता रोयल्टी बुझाउन थालेका छन् ।
पर्यटन विभागका अनुसार हालसम्म विभिन्न बहाना बनाएर अटेरगरि बसेका १७ वटा क्यासिनो कम्पनीले आफुले तिर्न बाँकी रोयल्टी बुझाएका हुन् । हालसम्म सरकारको खातामा ७६ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
पर्यटन विभागका होटल तथा क्यासिनो शाखाका अधिकृत खेमराज जोशीले यस्तो जानकारि गराएका हुन । उनले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नु भन्ने पर्यटनमन्त्री आलेको निर्देशनपछि, अहिले क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिरिरहेको बताए । उनले हाल दैनिक करोडौं रुपैयाँ सरकारी खातामा जम्मा भईरहेको जानकारि दिए । विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरुले तिर्नुपर्ने जम्मा रकम १ अर्ब ११ करोड ८४ लाख ४७ हजार रुपैयाँ मात्र रहेको छ । सरकारले यसअघि धेरैपटक गरेको ताकेता पछि अहिले क्यासिनो सञ्चालकहरु आफुले तिर्न बाँकी बक्यौता रकम बुझाउन आइरहेको विभागले जनाएको छ ।
यसैगरी, मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौंसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकहरुले पनि धमाधम बक्यौता रकम तिर्न सुरु गरेको विभागले जनाएको छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण समेत सार्वजनिक गरेको सो विभागले जनाएको छ ।
अब ६ कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । त्यसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड बाँकी रहेको र सो होटलको बैंक जमानत रहेकाले असुलउपर गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए ।
विभागका अनुसार अझै विभिन्न क्यासिनोबाट १ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ । यो बक्यौता पनि छिटै उठाउने पहल गरिरहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।