logo

कोरोना संक्रमण घटेकाले अब यात्रा सहज बनाउन पर्यटन व्यवसायीको आग्रह

    1309   पटक पढिएको

९ फागुन/अर्थ र व्यापार– पर्यटन व्यवसायी तथा टूर अपरेटरहरुले हाल नेपालमा कोरोना भाइरस संक्रमणकोदर निकै कम भएको भन्दै आन्तरिक तथा बाह्य यात्रा सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) लाई समेत यस्तो आग्रह गरेका ह्न् ।
टूर अपरेटहरुको प्रतिनिधित्व गर्दै पाँच बरिष्ठ व्यवसायी एक्स्प्लोर हिमालय ट्राभल्स एण्ड ऐडभेन्चरका अध्यक्ष सुमन पाण्डे, कोरा टुर्सका प्रबन्ध निर्देशक बिजय अमात्य, सीता वर्ल्ड ट्राभल्स (नेपाल) का महाप्रबन्धक दिनम लामिछाने, सोसल टुर्सका अध्यक्ष राज ज्ञवाली र आर्य भिलेज टुर्सका अध्यक्ष बिनोद अधिकारी लगायतले पर्यटकीय गतिविधी एवं यात्रा सहज बनाउन सरकारसंग यस्तो अपील गरेका हुन् । उनीहरुले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका यात्रुलाई खोपको प्रमाणबाहेक अन्य कागजात अनिवार्य नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसैगरि, उनीहरुले खोपको मात्रा पूरा गरेका यात्रुको हकमा मात्र आगमनमा ७२ घण्टे पीसीआर रिर्पोट लागू गर्न माग गरेका छन । २ सातादेखि ९० दिन अघिसम्म कोभिड संक्रमण भएका यात्रुको हकमा आगमनमा पीसीआर अनिवार्य नगर्न पनि उनिहरुले सुझाव दिएका छन । त्यसैगरि, व्यवसायीहरुले विमानस्थलबाट हुने बहिर्गमनको हकमा यात्राको गन्तव्य, ट्रान्जिट मुलुक र सम्बन्धित हवाई सेवाको नीति बमोजिम मात्र कागजात माग गर्ने व्यवस्थाका लागि समेत व्यवसायीले माग गरेका छन् । पर्यटक र यात्रुलाई कोभिड–१९ विरुद्धका अन्य मापदण्ड पालना गराउन भने टूर अपरेटर प्रतिवद्ध रहेको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।