logo

नागरिक उड्डयन प्राधिकरणमा फेरि लफडा ,अदालतको आदेश लिएर कार्यालय पुग्दै क्षेत्री

    1167   पटक पढिएको

२ फागुन/अर्थ र व्यापार – निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री अनिवार्य अवकास पाएको निर्णय सर्वोच्च अदालतबाट छलफल नटुंगिएसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश बोकेर कार्यालय जाने भएका छन् । क्षेत्रीले कार्यालय जाने बताएपछि प्राधिकरणमा फेरि लफडा सुरु भएको छ ।
अहिले प्राधिकरण परिसरमा प्रहरीले पहरा दिएको छ । सरकारले नियुक्त गरेका महानिर्देशक प्रदीप अधिकारी समेत अहिले कार्यालयमै छन् । सेवाबाट अनिवार्य अवकास पाइसकेका व्यक्तिलाई महानिर्देशक मान्न नसकिने भन्दै कार्यालयमा कर्मचारीले गेटमै धर्ना दिएको कर्मचारी युनियनका एक प्रतिनिधिले जानकारी दिए ।
अदालतको पूर्ण आदेश नआएसम्म हामी वर्तमान महानिर्देशकलाई मात्र चिन्ने बताउँदै उनले भने, ‘एउटा पूर्वकर्मचारी जतिबेला पनि प्राधिकरणमा आउन सक्नु हुन्छ, तर दलबलसहित आउन लागेको भन्ने सुनेकाले हामी सचेत बनेका छौं ।’
आइतबार सर्वोच्च अदालतले आगामी ९ फागुनमा दुबै पक्षलाई छलफलका लागि बोलाउँदै क्षेत्रीको अनिवार्य अवकास कार्यान्वयन नगर्न आदेश गरेको थियो । सोही आदेश बोकेर क्षेत्री प्राधिकरण छिर्न खोजेका हुन् ।
निवर्तमान महानिर्देशक क्षेत्रीले अदालतको आदेशअनुसार आफू कार्यालय जान लागेको बताए । उनले प्राधिकरणमा पुगेर आफूले महानिर्देशककै हैसियतमा हाजीर गर्ने क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।