logo

आन्तरिक उडानमा एन्टिजेन अनिवार्यले हवाइ उडानमा समस्या 

छोटो दुरीका लागि अव्यवहारिक: वायुसेवा संचालक

    1120   पटक पढिएको

३ माघ / अर्थ र व्यापार – सरकारले आन्तरिक उडान भर्ने हवाई यात्रुका लागि एन्टिजेन परीक्षण अनिवार्य गरिदिएसँगै अहिले वायुसेवा कम्पनीहरुलाई समस्या भएको छ ।
हवाई यात्रुको स्वास्थ्य सुरक्षामा ध्यान पु¥याउँदै गरिएको यो निर्णयप्रति वायुसेवा कम्पनीहरुले असहमती जनाएका छन । उनीहरुले सरकारको यो निणर्य छोटो दुरीका उडानकालागि अव्यवहारिक भएको दावी गरेका छन । 
उनीहरुले यो मापदण्ड हालको अवस्थामा असान्दर्भिक तथा झन्झटिलो रहेको बताएका छन् । मन्त्रीपरिषदको बैठकले  वायुसेवा कम्पनीले नै यात्रुको एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएका यात्रुलाई मात्र उडानमा सहभागी गराउन पाउने निर्णय गरेको छ । सरकारको सो निर्णयप्रति विभिन्न वायुसेवा सञ्चालकहरुले असहमति जनाएका हुन ।  
निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायत आन्तरिक उडान भर्दै आएका वायुसेवा कम्पनीहरुले पछिल्लो पटक सरकारले गरेको एन्टिजेन परीक्षण अनिवार्यबारे आन्तरिक छलफल सुरु गरेका छन् । कोभिड पहिलो र दोस्रो लहरपछि हाल सामान्य अवस्थातर्फ हवाई यातायात फर्किँदै गर्दा सरकारले हाल गरेको नयाँ मापदन्ड एन्टिजेन परीक्षण अनिवार्यको निर्णयले मुलुकको हवाई उद्योग नै प्रभावित हुने सम्बन्धीत वायुसेवा सञ्चालक कम्पनीहरुको भनाई छ।  
सरकारले परेको यस्तो निर्णय भएपछि बुद्ध एयरले आन्तरिक छलफल थालिसकेको जनाएको छ । प्रत्येक यात्रुको एन्टिजेन परिक्षण असम्भव रहेको बुद्ध एयरका सुचना अधिकारी दिपेन्द्र कुमार कर्णले बताए । उनले भने,’विहान ७ बजेदेखि उडान हुन्छ। एन्टिजेन रिपोर्ट तयार हुनै कम्तीमा चार घण्टा लाग्छ। यसो हुँदा बिहान ७ बजेको उडान भर्ने यात्रु त बिहान३  बजे नै विमानस्थल आइपुग्नु प¥यो । त्यसैले यो निर्णय व्यवहारिक देखिँदैन । ’ 
कर्णका अनुसार बुद्धले दैनिक भर्दै आएको एकसय ४० उडानमा  हाल ९० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको छ ।  अर्को निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले पनि           आन्तरिक उडानमा एन्टिजेन परीक्षण अनिवार्य गराउनु व्यबहारिक नभएको बताएको छ । यति एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले मुलुकमा संचालित अधिकांश विमानस्थलमा तत्काल एन्टिजेन परीक्षण गर्न असम्भव रहेको बताए । 
एउटा रिपोर्ट आउनै ४ घण्टा समय लाग्छ । यसो हुँदा यात्रुलाई पनि सास्ती र आकस्मिक रुपमा आउजाउ गर्नैपर्ने यात्रु झन् बञ्चित हुने बताउँदै प्रवक्ता बर्तौलाले भने,’योभन्दा विकराल अवस्था पहिलो लहरमा थियो। हवाई यातायात त्यो समयदेखि नै सुरक्षित छ । अहिले किन यस्तो अव्यवहारिक मापदण्ड लागू गरियो बुझ्न सकिएन ।’
उनले सरकारको यो निणर्यले आन्तरिक उडानमा सञ्चालित छोटो दुरीका उडान सञ्चालन तथा व्यवस्थामा निकै समस्या पर्ने दावी गरे । उनका अनुसार यतिले पछिल्लो समय दैनिक २४ वटा उडान भर्दै आएको छ भने यात्रु अकुपेन्सी ८० प्रतिशत कायम हुँदै आएको छ।   
यसैगरि, यात्रुका लागि अनिवार्य गराइएको एन्टिजेन परीक्षण सान्दर्भिक नरहेको श्री एयरलाइन्सले जनाएको छ । यस्तो अवस्थामा सरकारले खोप व्यवस्थापन गर्न आवश्यक रहेको सो एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले दावी गरे । सरकारको निर्णय आएसँगै सोमबार वायुसेवा संचालक संघले पनि यो विषयमा छलफल गर्न लागेको संघका प्रवक्ता योगराज कंडेल शर्माले जानकारि दिए । 
उनले छोटो दुरीको यात्रामा एन्टिजेन परीक्षण अनिवार्य सम्भव छैन। यो विषयमा छलफल गरेर स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय, प्रधानमन्त्री समक्ष नै प्रतिक्रया पेश गर्ने बताए । कोभिडको दोस्रो लहरपछि आन्तरिक उडानमार्फत दैनिक १४ हजार भन्दा बढी यात्रुले उडान सेवा लिँदै आएका  थिए । सस्तो भाडादरका कारण यात्रुहरु हवाई उडानतर्फ उत्साहित भएका थिए।  यो निर्णय लागू भएसँगै वायुसेवा कम्पनीले एन्टिजेन परीक्षण वापतको अतिरिक्त शुल्क जोड्दा कुल भाडादर समेत महँगो हुन आउने हवाई उडान सञ्चालक तथा सरोकारवालाहरुको भनाई छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।