logo

खराव मौसमले आन्तरिक हवाई उडान प्रभावित

    1209   पटक पढिएको

१४ पुस/अर्थ र व्यापार – गएरातिदेखि परेको भारी वर्षाका कारण आन्तरिक हवाई उडान र अवतरणमा आवइक भिजिबिलिटी कम भएका कारण बुधबार दिनभर मुलुभरको आन्तरिक हवाई उडान सेवा प्रभावित भएको छ । 
निरन्तरको वर्षा र हिउँका कारण उच्च पहाडी क्षेत्रका विमानस्थल बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विभिन्न वायुसेवा कम्पनीहरुले खराब मौसम र कम भिजिबिलिटीका कारण दिनभर उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् । काठमाडौमा मात्र नभएर नेपालगन्ज, र पोखरा विमानस्थलमा भिजिबिलिटी कम भएकाले त्यहाँको उडान केही ढिलो गरि खुलेको थियो ।

खराव मौसमका बारण लुक्ला, तुम्लिङटार, सुकेटार, सिमिकोट विमानस्थल बन्द नै भएका छन । अहिले ति विमानस्थलहरुमा बाक्लो हिउँले भरिएको छ । बुधबार अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै पनि उडान प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ । 
विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन नसकेपछि हवाई सेवा प्रदायक वायुसेवा कम्पनीहरुले उडान स्थगित गरेका थिए ।  खराब मौसमकै कारण निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले काठमाडौं–पोखरा ६ वटा उडान रहेकोमा ४ वटा उडान रद्द गरेको थियो । यसैगरि, बुद्ध र श्री एयरले आफ्ना केही उडान रद्द गर्नुपरेको बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।