logo

एकैदिन ग्राउण्डेड भयो निगमको दुईवटा विमान, यात्रु व्यवस्थापनमा समस्या

    1127   पटक पढिएको

१४ पुस/अर्थ र व्यापार – मुलुकको राष्ट्रिय ध्जाबहाक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकैदिन ग्राउण्डेड भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमको विमान ग्राउण्डेड भएको हो । 
निगमको मंगलबार ९ एन–एकेडब्लु कलसाइनको न्यारोबडी विमान र ९ एन–एलवाई कलसाइनको वाइडबडी विमानमा अकस्मात प्राविधिक समस्या आएर ग्राउण्डेड भएको हो। निगम स्रोतका अनुसार मंगलबार काठमाडौंबाट उडेर कतारको दोहा विमानस्थलमा अवतरण भएलगत्तै निगमको न्यारोबडी विमानको इन्जिनमा समस्या देखिएको थियो । यसैगरि, काठमाडौंबाट जापानको नारिता उडान भर्नकालागि तयार निगमको अर्को वाइडबडी विमानमा विद्युतीय समस्या उत्पन्न भएका कारण विमानस्थलमै ग्राउण्डेड भएको छ ।
निगम स्रोतका अनुसार मंगलबारबाट कतारको दोहामा ग्राउन्डेड भएको न्यारोबडी विमान मर्मतका लागि झन्डै एकसाता लाग्ने छ भने जापानको नारिता उड्ने तयारीमा विग्रिएको वाइडबडी विमान मर्मतकालागि पनि एक÷दुईदिनको समय लाग्ने बताईएको छ ।
कतारको दोहा विमानस्थलमा विग्रिएर अलपत्र परेको निगमको न्यारोबढी विमानको समस्या अलि संवेदनशील रहेको जानकारी गराउँदै निगम स्रोतले भन्यो, ‘ यो विमान अवतरण गरेर टयाक्सीवेबाट पार्किङतर्फ लैजाँदा एकासी फल्ट अलर्ट आएको थियो ।’ यसैगरि, वाइडबडी विमान मर्मतका लागि पनि प्राविधिक चेकजाँचपछि आवस्यक स्पेयर पार्ट्सको अर्डर भइसकेको निगम स्रोतले जनाएको छ । 
एकैदिन अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटा विमान विग्रिएर ग्राउन्डेड भएपछि अहिले कम विमान भएको निगमलाई हवाई टिकट खरिद गरेर बसेका र विभिन्न गन्तब्यकालागि विमानस्थल पुगेका यात्रुलाई उनीहरुको यात्रा गन्तब्यसम्म पु¥याउन निकै समस्या पर्ने भएको छ । मंगलबारको उडानमा यात्रा गर्नुपर्ने यात्रुहरुको व्यवस्थापन गर्न होटलमा राख्नुपर्ने बाध्यात्मक अवस्थाले निगमको सञ्चालन खर्च समेत थप बढ्ने छ ।   
दुईवटै विमान एकैपटक विग्रिएको दिन मंगलबार निगमको अन्तर्राीष्ट्रय उडानमा १० वटा उडान तालिका थियो । पछिल्लो समय निगमले काठमाडौ दुबई र दोहा लगायत अन्य दुईवटा गन्तब्यमा मात्रै साताको थप ६ वटा उडान भर्दै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीको क्रममा विग्रिएर ग्राउन्डेड भएको निगमको वाइडबडी विमानमा प्राविधिक समस्या देखिपछि सो विमानका चालकले मंगलबार १०३ जना यात्रु सहितको काठमाडौं–नारिता उडान स्थगित गर्नुपरेको बताएका थिए । निगमको ९ एन–एएलवाई कलसाइनको वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि उडान स्थगित गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारि दिइन् । 
उनले वाइडबढी विमानको उडान भने बुधबार साँझ ४ः०० बजे भर्ने तयारी गरिएको बताइन ।  यो विमानमा सामान्य प्राविधिक समस्या आएसँगै अहिलेसम्म ग्राउण्डेड गराइएको उनले जानकारि दिइन् । 
काठमाडौबाट जापानको नारिता उड्ने तयारीमा रहेको वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि मंगलबार राती १०ः५० बजेको उडान रोकिएपछि निगमले सो विमानका यात्रुलाई तारे होटलमा लगेर राखेको थियो । प्रवक्ता खड्काका अनुसार सोही विमानले नारिताबाट काठमाडौं ल्याउने तयारीमा रहेका एकसय ७३ जना यात्रुलाई पनि त्यहाँको होटलमा लगेर राखिएको थियो । 
यसरी एकैपटक दुईवटा विमानमा यात्रा गर्ने यात्रुहरुलाई होटलमा राख्नुपर्दा निगमको सञ्चालन खर्च थप बढेको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।