logo

खराव मौसमले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

    1178   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार – खराव मौसमका कारण मंगलबार बिहानदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । 
काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर विमान उडान तथा अवतरणकालागि आवस्यक भिजिबिलिटी कम भएका कारण बिहानैदेखि नियमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले मौसम खराबीले आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फका उडान सामान्य प्रभावित भएको जानकारी दिए ।  
विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तर्राष्ट्रिय उडानमा पनि मंगलबार बिहान केही उडान प्रभावित भएको थियो । सो समय विभिन्न मुलुकबाट नेपाल आएका विमानलाई अन्य विमानस्थलतर्फ डाईभर्ट गरिएको थियो ।  बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको विमान डाइभर्ड भएको थियो । बिहान भन्दा दिउँसो भिजिबिलिटीको मात्रा केही बढेको थियो । सो समय विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर रहेको थियो । 
खराब मौसमका कारण आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान भर्नेक्रममा आन्तरिक उडान डिले हुनेगरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । 
उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पु¥याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।  धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ । पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु÷कुहिरो लागेको छ । चिसो बढेकै कारण मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस मापन गरिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।