logo

दिगो पर्यटनकालागि मुख्यमन्त्रीलाई हानले दियो सुझाव

    1480   पटक पढिएको

४ पुस/अर्थ र व्यापार – होटल संघ नेपालले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेटी दिगो पर्यटनको लागि सुझाव प्रस्ततुत गरेको छ । 
सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाई विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन गरिनुपर्ने र यसबाट अन्य प्रदेशहरुले पनि सोही बमोजिमको अनुसरण गर्ने बताइन् । 
उनले वातावरणीय अध्ययन आफैंमा राम्रो र यसको सराहना हुँदा हुँदै पनि कोभिड–१९ को मध्य समय १ असार २०७६ सालमा संशोधन भएको वातावरण ऐन २०७६ मा २५ देखि ५० बेड सम्मका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिनुपर्ने कानून लागू भयो, जसले स्तरोन्नति र सकारात्मक दूरदृष्टि राखेता पनि व्यापक परामर्श र व्यवहारिकता नहेरी गरिएको बताइन् । 
यस व्यवस्थाले साना तथा मझौला व्यवसायीहरुलाई चेपुवामा पारी विविध समस्या खडा गरेकोले अहिलेको जटिल परिस्थितिमा खर्चका कारण उक्त कार्य गर्न गराउन केही समय लाग्ने भएकोले नेपाल राष्ट्र बैंक लगायतका निकायहरुबाट उपलब्ध हुनुपर्ने इजाजतहरु वातावरणीय अध्ययनलाई थाँती राखी इजाजत प्रक्रिया लगायतका कार्यहरु स्थगित हुन पुगेको हुँदा यसलाई सहजिकरण गरिदिन आग्रह गर्दै यसलाई संशोधन गरी पहलिेकै व्यवस्था हुन विशेष पहलकदमीका लागि अनुरोध गरिन् । 
साथै नयाँ आउने प्रदेश नीति तथा नियम र संशोधन गरिने अन्य विषयहरुमा यस संघको प्रत्यक्ष सहभागिता तथा छलफल हुन सके दिगो पर्यटनलाई टेवा पुग्ने नै छ । उपत्यका पर्यटन कार्यालयलाई स्रोत साधन सहित मजबुत बनाइनु पर्ने मेरो भनाई राख्दै आगामी दिनमा प्रदेश सरकारको पूर्ण सहयोगको अपेक्षा राखेको अध्यक्ष राणाले बताइन्  । 
कार्यक्रममा संघका महासचिव साजन शाक्यले कोभिड–१९ ले अतिप्रभावित पर्यटन तथा होटल उद्योगलाई बचाउनका लागि प्रदेश पर्यटन नीति तथा कानुन पर्यटन मैत्री हुनुपर्ने बताए । 
कार्यक्रमको सराहना गर्दै मुख्य मन्त्री पाण्डेले प्रदेश सरकार व्यवसाय मैत्री नीयम तथा कानुनको अवलम्वन गर्दै अगाडि बढिरहेको र यसबाट पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने बताए । साथै उनले यस क्षेत्रको जर्गेना हुन सके, बढी भन्दा बढी लगानी हुन सके, रोजगारी र राजस्वको दयरा बढ्ने पनि बताउँदै पर्यटन क्षेत्रलाई फराकिलो बनाउँदै अघि बढ्ने आश्वासन दिए । 
सो अवसरमा उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले कार्यालय नीति तथा नियमको पूर्ण परिपालना गरी अगाडि बढ्ने भएको हुँदा यस्ता किसिमका समस्याहरु कार्यालयमा अवगत हुने हुँदा व्यवसायीको समस्या आफैंमा सकारात्मक हुँदा हुँदै पनि कानुनको पालना  गर्ने क्रममा कार्यालय दृढ रहेको बताए । 
सो कार्यक्रममा पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष, पश्चिम ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तथा पर्यटकीयस्तरका होटलहरुका सदस्यहरुको उपस्थिति रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।