logo

कतार र जजिरा एयरले राति १२ बजेपछि उडान भर्न प्राधिकरणसँग माग्यो अनुमति

    1142   पटक पढिएको

२७ मंसिर/अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछि नियमित व्यावसायिक उडान भर्नका लागि दुईवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले चासो देखाउँदै सरकारसँग अनुमति मागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा कतार एयरवेज र जजिरा एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछिको उडानका लागि आवश्यक स्लट उपलब्ध गराउन अनुमति मागेको हो ।
प्राधिकरणले दिएको जानकारीअनुसार कतार एयरवेजले राति १ बजे नेपाल आएर २.३० मा उडान भर्ने गरी अनुमति मागेको छ । यसैगरी, जजिरा एयरले पनि राति १ बजे आएर २ बजे उडान भर्नका लागि आवश्यक स्लट उपलब्ध गराउन प्राधिकरणसँग यस्तो अनुरोध गरी पत्र पठाएको प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।
यी दुवै एयरलाइन्सले यही डिसेम्बरदेखि राति दैनिक एक÷एक उडानका लागि आवश्यक अनुमति माग गरिएको भए पनि हालसम्म कुनै निर्णय हुन नसकेको प्राधिकरणले जनाएको छ । रात्रिकालीन उडानका लागि यी दुई एयरलाइन्ससहित नेपाल वायुसेवा निगमले पनि आवश्यक तयारी गरिरहेको जनाएको छ । निगमले कहिलेदेखि अनुमति माग्छ भन्ने यकिन जानकारी नभए पनि तयारी थालेको र नेपाल वायुसेवा निगमसहित अन्य दुईवटाले पनि राति उडान गर्ने इच्छा देखाएको जनाएको छ । यद्यपि, ती वायुसेवाहरूले भने हालसम्म स्लटका लागि अनुमति मागिसकेको छैन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।