logo

धमाधम बढ्दै होटलमा लगानी, पाँच महिनामा १५ अर्बको लगानी 

५ अर्ब ९९ करोड रूपैयाँ लगानी गर्दै सूर्य नेपाल 

    1106   पटक पढिएको

२७ मंसिर/अर्थ र व्यापार – लामो समय देखिएको कोरोना भाइरस महामारीको अवस्थामा समेत अहिले धमाधम होटलमा लगानी बढिरहेको पाइएको छ । कोरोनाले मुलुकको आर्थिक गतिविधिमा गम्भीर असर पुगेपछि अहिले लगानीकर्ताहरूको आकर्षण मुलुकको होटल तथा रेस्टुरेन्टमा देखिएको उद्योग विभागले जानकारी गराएको हो । 
उद्योग विभागमा पछिल्लो समय दर्ता भएका नयाँ उद्योगहरूको तथ्यांक विवरणअनुसार अहिले सबैभन्दा धेरै लगानी मुलुकको होटल उद्योगमा नै देखिएको छ । चालू आर्थिक वर्षको बितेका पाँच महिना साउनदेखि मंसिरसम्मको अवधिमा २१ वटा होटल दर्ता भएका छन् । 
विभागको तथ्यांकअनुसार सो अवधिमा १५ अर्ब लगानी गर्ने भनिएका यी होटलमा १ हजार ६ सय ४८ बेड हुने लक्ष्यसहितको योजना पेस भएका छन् । सो अवधिमा साना, मध्यम तथा ठूला तारे होटल दर्ता भएका छन् । अरू उद्योग व्यवसायमा जमिरहेका समूह घरानादेखि नयाँ तथा विदेशी लगानीकर्ताले समेत अहिले होटलमा नै लगानी गर्ने इच्छा व्यक्त गरेका छन् । 
मुलुकलाई राम्रो कर बुझाउने पुरानो कम्पनी सूर्य नेपाल प्रालिले पनि अहिले काठमाडौंमा होटल सञ्चालन गर्नका लागि उद्योग विभागमा फाइल दर्ता गरेको छ । ५ अर्ब ९९ करोड लगानी  गरेर १ सय ९० बेडको होटल सञ्चालन गर्ने सूर्य नेपालको योजना रहेको छ । यसैगरी, चलचित्र मन्दिर तथा मनोरञ्जन क्षेत्रमा जमिरहेका पुराना व्यवसायी उद्धव पौडेलले पनि हाल काठमाडांैको चाबहिलको गोपीकृष्ण हल भएकै ठाउँमा होटलसहितको संरचना निर्माण गर्ने भएका छन् । गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स प्रालि उद्योग उनले दर्ता गराएका छन् । 
२ अर्ब ६७ करोड ६३ लाख लगानी हुने यो परियोजनाअन्तर्गत २५० बेडसहितको होटल हुने छ । त्यस्तै, काठमाडौंमै ग्रिन भ्यु प्रालिले १ अर्ब लगानीमा ६० बेडको होटल सञ्चालन गर्ने भन्दै उद्योग दर्ता गराएको छ । मोरङमा ९९ सय बेडको होटल सञ्चालन गर्न नेपाल इन्टरनेसनल हस्पिटालिटीले उद्योग दर्ता गरेको छ ।
सन् २०१० पछि होटलमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । सन् २०१० पछि बढेको लगानीको तीव्रता २०१५ को भूकम्पले केही धकेलिए पनि त्यसपछि काठमाडौंमै नयाँ पाँचतारे होटल सञ्चालनमा आए । पछिल्लो समय काठमाडौंमा दुई ठूला पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् । म्यारियट, काठमाडौं र अलफ्ट काठमाडौंमा सञ्चालन भएका नयाँ पाँचतारे होटल हुन् । त्यस्तै, चन्द्रागिरि हिल्स रिसोर्ट पनि पछिल्लो समय सञ्चालनमा आएको ठूलो होटल परियोजना हो । काठमाडौं बाहिर पनि मेची क्राउन प्लाजा, भैरहवामा टाइगर प्यालेस, नेपालगन्जमा सोल्टी वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएका छन् । 
सरकारको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७÷७८ को अन्तिमसम्म कुल होटलको संख्या १ हजार ३ सय १३ पुगेको छ । सरकारबाट अनुमति लिएर सेवा दिइरहेका यस्ता होटलमा कुल ४५ हजार ८ सय ५० बेड पुगेका छन् । यसमा तारे होटल १ सय ४२ पुगेका छन् भने तारा नलिएका होटलको संख्या ११ सय ७१ वटा रहेको छ । यसमा रिसोर्टको संख्या अलग छ । पर्यटन विभागका अनुसार हालसम्म एकतारे होटलको संख्या ३४ छ । एकतारे होटलमा कुल १ हजार ३ सय ४४ बेड छन् । त्यस्तै, दुईतारे स्तरका होटल ४१ छन् । दुईतारे होटलमा २ हजार ८ सय ८० बेड छन् । 
३४ तीनतारे होटलमा ३ हजार ४ सय १२ बेड छन् भने १९ चारतारे होटलमा २ हजार ४ सय ८७ बेड छन् । १५ पाँच तारे होटलमा एउटा सञ्चालनमा छैन भने एउटा पाँचतारे डिलक्स होटल छ भने तीनवटा हेरिटेज बुटिक होटल छन् । त्यस्तै, नेपालमा ९९ रिसोर्ट छन् भने एउटा डिलक्स र एउटा लक्जरी रिसोर्ट रहेको छ । कोरोना महामारीको प्रभावित भएका होटल परियोजनाले पनि पछिल्लो समय निरन्तरता पाएका छन् । काठमाडौं उपत्यकामै निर्माणाधीन होटल परियोजना धमाधम निर्माण भइरहेका छन् । काठमाडौं बाहिरका पर्यटकीय गन्तव्यमा पनि होटलमा धमाधम लगानी थपिएको छ । कोरोना महामारीपछि पर्यटक आगमन बढ्ने तर पुराना परियोजनाबाट माग सम्बोधन नहुने अनुमानसहित व्यवसायीहरू अहिले होटलमा लगानी गर्न आकर्षित देखिएका छन् । पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, गोल्यान ग्रुपजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय चेन सञ्जाल रहेका ठूला होटल कम्पनीहरूले समेत धमाधम नेपालमा लगानी बढाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।