logo

चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केहि विमानस्थलको उडान भएन

    1160   पटक पढिएको

७ मंसिर/ अर्थ र व्यापार – चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगरबार बिहानैदेखि काठमाडौ लगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण  आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो ।
आकासमा बाक्लो हुस्सु र तुँवालो भरिएर विमान उडान र अवतरणकालागि आवस्यक भिजिविलिटी नपुगेका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरु डिले (ढिलाइ) भएको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
चिसो बढेसँगै मौसम विग्रिएका कारण मंगलबार बिहान बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको थियो । 
प्रतिकूल मौसम र कम भिजिविलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय गन्तब्यकालागि अझै उडान हुन नसकेको सम्बन्धीत वायुसेवा कम्पनीहरुले बताएका छन । ति वायुसेवा कम्पनीहरुले मौसम अनुकुल भएपनि नियमित उडान सुचारु हुने बताएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्य विमानस्थलहरुमा भने अहिलेसम्म उडान भइरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।