logo

बुद्ध एयरको रणनीतिक योजना: पाँच वर्षमा १० विमानबाट दुर्गम क्षेत्रमा उडान भर्ने

    1506   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार – निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरलाईनले आप्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । हालसम्म सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्ध एयरले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको हो ।
तयारी स्वरुप बुद्धले अबको पाँच वर्षमा १० वटा ट्वीनअटर विमान थप गरी दुर्गमका क्षेत्रमा उडान भर्ने जनाएको छ । बुद्धले सन् २०२३ को सुरुवातदेखि नयाँ विमानबाट हवाईसेवा सुचारु गर्ने भएको छ । सुरुवाती चरणमा ४ वटा ट्वीनअटर विमान थपेर उडान भर्दै क्रमश सन् २०२४ देखि २०२६ सम्म प्रत्येक वर्ष २÷२ वटा विमान थप गर्ने जनाएको हो ।
दुर्गमका क्षेत्रमा ट्वीनअटर विमानबाट उडान गर्न बुद्धले नयाँ विमानको खरिद तयारीका लागि विमान निर्माता कम्पनीसँग छलफल सुरु गरेको छ । कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर विमान निर्माता कम्पनी भाइकिङ एयर लिमिटेडका सेल्स एन्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराचसँग दुबई एयर शोमा भेटवार्ता गरेका छन् ।
कम्पनीले दुर्गममा उडानका लागि पूर्वमा मन्थली, पश्चिममा पोखरा, कर्णाली र सुदूरपश्चिमका लागि नेपालगञ्ज विमानस्थललाई हव बनाउने कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार सन् २०२३ को सुरुवातबाटै ४ वटा विमानले उडान विस्तार गरेसागै सन् २०२४ मा थप २ वटा र क्रमश २०२५ र २०२६ मा क्रमश २–२ वटा जहाज थप्ने योजना बनाएको छ ।
मुख्य सहरमा उडान भरिरहेको बुद्ध एयरले पछिल्लो वर्ष प्रादेशिक उडानमा बढी ध्यान दिएको छ । पोखरालाई केन्द्रबिन्दु बनाएर भरतपुर–पोखरा, भैरहवा–पोखरा, नेपालगञ्ज–पोखरा, विराटनगर–पोखरा उडान गर्ने जनाएका छन् । सो कम्पनीले सन् २०२२ मा तीन थान एटिआर विमान थप गर्ने तयारी थालेको छ । सन् २०२२ को मार्च महिनाभित्रमा कम्पनीले एटीआर–७२ ५०० मोडलका ३ थान जहाज थप गर्ने तयारी थालेको जनाएको छ । हाल बुद्ध एयरसँग १५ वटा जहाज रहेका छन् । हाल कम्पनीसँग सबैभन्दा बढी एटीआर–७२ ५०० मोडलका १० वटा, एटीआर ७२– ३०० मोडलका ३ वटा र बीचक्राफ्ट १९०० डी विमान २ वटा गरी १५ वटा विमान छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।