logo

फेरि बढ्यो हवाई भाडा 

    1268   पटक पढिएको

२९ कात्तिक/ अर्थ र व्यापार – पछिल्लो पटक नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले पनि आन्तरिक हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । जसका कारण यो कात्तिक महिनामै फेरि हवाई इन्धनको मुल्य बढेको हो । 
अहिले हवाई इन्धनमा आयल निगमले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर प्रति लिटर १०१ रुपैयाँ पु¥याएको छ । अब सोही अनुसार हवाई यात्रुले आन्तरिक हवाई यात्राको क्रममा सबैभन्दा लामो रुटमा अधिकतम २२० रुपैयाँसम्म बढी भाडा तिर्नुपर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत स्वचालित प्रणाली अनुसार पछिल्लो पटक बढेको परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारदेखि नै यो नयाँ भाडादर कायम भएको वायुसेवा संचालक संघले जनाएको छ । 
संघले आइतबार विज्ञप्ति जारि गर्दै यस्तो जानकारि गराएको हो । संघले उपलब्ध गराएको परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा प्रति यात्रु २२० रुपैयाँ भाडा बढेको छ । यसैगरि, काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ । त्यसैगरि, पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्ने भएको छ ।
अब काठमाडौंबाट जुम्ला उडानमा प्रति यात्रु १७० रुपैयाँ भाडा बढी तिनुपर्ने हुन्छ । काठमाडौंबाट सुर्खेतकालागि १७५ रुपैयाँ , काठमाडौंबाट नेपालगन्ज १६० रुपैयाँ र काठमाडौंबाट भद्रपुरकालागि  अहिलेको भन्दा प्रति यात्रु १५० रुपैयाँ भाडा बढेको संघले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।