logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाईमा ३ हजार विदेशी पर्यटक नेपाल भित्रिए

    1663   पटक पढिएको


१९ साउन/अर्थ र व्यापार– सन् २०२१ को जुलाई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०२१ को जुलाई महिनामा ९९ देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुई हजार ९९१ विदेशी पर्यटक नेपाल भित्रिएको हो । गत जुन महिनामा निषेधाज्ञाको बीच एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

जुलाईमा नेपाल भित्रिने दुई हजार ९९१ विदेशी पर्यटकमध्ये एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक रहेका छन् । 

भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना नेपाल भित्रिएका छन् । भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

दक्षिण एशियाली मुलुकमध्ये जुलाई महिनामा भुटानबाट १४, पाकिस्तानबाट पाँच, बङ्गलादेशबाट चार, श्रीलंकाबाट तीन जना पर्यटक नेपाल आएका छन् । 

विभागका अनुसार गत जुलाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आफ्नो देश फर्किएका छन् ।

गत जुलाई महिनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन् भने २१ हजार ८७७ जना नेपाली बाहिरिएका छन्। 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।