logo

पोखरा–ढाका सीधा हवाई उडानबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल

    1258   पटक पढिएको


८ साउन/अर्थ र व्यापार– पोखरा–ढाका सीधा हवाई उडानबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल भएको छ ।

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीद्धारा आयोजित कार्यक्रममा पोखरा–ढाका सीधा हवाई उडानबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच आवश्यक तयारीबारे छलफल भएको हो ।

कार्यक्रममा विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरू आकर्षित हुने भन्दै ढाका–पोखरा सीधा हवाई उडान प्रभावकारी हुने बताए । 

त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पाँच करोड जनसंख्या रहेको बंगलादेशबाट १० प्रतिशत मात्र पर्यटक नेपाल भित्र्याउन सके पोखराको पर्यटनमा प्रवद्र्धन हुन सक्ने धारणा राखे ।

त्यसैगरी, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशीहरू नेपाल आउने गरेको भन्दै त्यसमा २० हजार जतिले पोखरा घुम्न गरेको बताए ।

कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।