logo

कालीगण्डकीमा करिडोरको आयोजनाले स्थानीय बासिन्दा खुसी

    2903   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग बिनामारे जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । सदरमुकाम बागलुङ बजार आउन छिमेकी पर्वत जिल्ला हुँदै यात्रा गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ ।

गाउँमा सडक आउने बिनामारेवासीको आशा वर्षौंपछि आएर बल्ल पूरा भएको हो। सडक विभागले जिम्मा लिएअनुसार करिडोरको मार्ग खोल्न नसक्दा स्थानीय निरास थिए । तर सडक खन्ने जिम्मा नेपाली सेनाले पाएपछि करिडोरको बागलुङ खण्डको कामले दिशा पाएको हो । करिडोरमा नसोचेको ढङ्गले काम भएका छ ।

करिडोरको करिब तीन किमी सडक बिनामारेमा पर्ने जनाइएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि गाउँको चौतर्फी विकास हुनेमा स्थानीय आशावादी छन् । सडकलाई उत्पादनसँग जोड्न पनि सक्नुपर्ने छ ।

सडकले सबै विकासको ढोका खुलाउने र गाउँका हरेक उत्पादनलाई बजारसम्म जोड्न सकिने अवसर प्रदान गराउने अनि बिरामीदेखि सर्वसाधारणको आवतजावतमा समेत सडकले ठूलो टेवा पुगाउनेमा स्थानीय आशावादी छन् ।
नेपाली सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले आगामी असारभित्रै बागलुङ खण्डमा मार्ग खोलिसक्ने छ । सदरमुकामदेखि मालढुङ्गा–टाकुरीसम्मको १४ किमीमा भने गत वर्षदेखिनै यातायात सञ्चालनमा आएको छ ।

टाकुरी–पालुङखोला २६ किमीमा पनि अधिकांश ठाउँमा मार्ग खोल्ने काम पूरा भएको छ । हालैमात्र करिडोरकै सबैभन्दा जोखिमयुक्त बिनामारेस्थित कुसुनेको भीरमा सडक–मार्ग खोलिएको छ । करिडोरका अधिकांश ठाउँमा भिर, पहरा, चट्टान काटेर मार्ग खोलिएको छ ।

सरकारले करिडोरको गुल्मी–बागलुङ ८५ किमी सडक खन्ने जिम्मा नेपाली सेनालाई दिएको छ । यन्त्रको प्रयोग गर्दा पनि पहाड काट्न नसकेपछि सेनाले ठूल्ठूला चट्टानयुक्त पहाड फोर्न बमको सहायता लिने गरेको छ । करिडोर निर्माणमा सेनाका ‘बम ब्लास्टर’ देखि इन्जिनियर, प्राविधिक, डकर्मीलगायतका जनशक्ति खटिएका छन् ।

बागलुङ खण्डमा पर्ने तीनवटा खोलामा ‘बेलीब्रिज’ राख्न र सडक मर्मत–सुधारको लागि यो वर्ष करिब रु १२ करोड बजेट अभाव रहेकोे छ । सरकारले चालु आवमा ३३ करोड बजेट विनियोजन गरेको थियो । करिडोरको गुल्मी खण्डमा मार्गखोल्ने काम गत वर्षनै पूरा भएको छ । चारसय ३५ किमीको कालीगण्डकी करिडोर नेपाललाई उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।