logo

रसुवा नुवाकोट पर्यटन समाजको अध्यक्षमा पूनः न्यौपाने

    3216   पटक पढिएको

१२ भाद्र / अर्थ र व्यापार- रसुवा–नुवाकोट पर्यटन समाजको अध्यक्षमा बलराम न्यौपाने पुनः निर्बिरोध निर्वाचित भएका छन । बुधवार सम्पन्न समाजको साधारणसभा सहितको निर्वाचनबाट न्यौपाने अध्यक्षमा निर्बिरोध भएका हुन । 

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिती सदस्य तथा समाजका सल्लाहकार दिपक महतले रसुवा नुवाकोट पर्यटन समाजले पर्यटन क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने तथा समाजको कार्यमा नेपाल पर्यटन बोर्ड सधै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

टानका पूर्व अध्यक्ष तथा बरिष्ठ पर्यटन व्यावसायी सुमन पाण्डेले रसुवा नुवाकोट पर्यटन समाजसँग सहकार्य गरेर बृहत रुपमा गोलबद्ध गरी अघि बढ्ने र पूर्वाधार बिकासका लागि सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा बरिष्ठ पर्यटन व्यावसायीद्धय दिपक महत र सुमन पाण्डेलाई प्रमुख सल्लाहकारमा मनोनित गरिएको थियो । यस्तै सल्लाहकारमा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाई, बरिष्ठ पर्यटन व्यावसायी बैकुण्ठ पाण्डे, गुरुङ पर्यटन व्यावसायी संघका अध्यक्ष अम्बिर गुरुङलाई मनोनित गरियो । समाजको अध्यक्षमा निर्बिरोध भएका बलराम पाण्डेले रसुवा र नुवाकोट क्षेत्रका पर्यटकीय गन्तव्यलाई नयाँ ढंगले प्रश्तुत गर्ने र सबैसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताए । समाजको कार्यसमिति सदस्यहरु निम्नअनुसार रहेका छन ।

 १. अध्यक्ष :   दुर्गानाथ न्यौपाने (वलराम), सञ्चालक ,रसुवा ट्रेक्स
२. वरिष्ठ उपाध्यक्ष :  शिवप्रसाद लामिछाने, सञ्चालक, आक्स नेपाल
३ उपाध्यक्ष : कृष्णप्रसाद पाण्डे
४.  उपाध्यक्ष : दिनेशमान लामा, सञ्चालक हिमाली किचेन
५.  उपाध्यक्ष  ः केदार तामाङ, अध्यक्ष टुर्गान
६.  उपाध्यक्ष : गोविन्दराज पन्त, टिटिडिसी, पूर्व महासचिव
७.  उपाध्यक्ष : कुलप्रसाद न्यौपाने (सन्तोष), सञ्चालक टूर एक्सप्रेस भेईकल
८.  महासचिव  ः शिव अधिकारी (अविरल), अध्यक्ष गन्तय नेपाल गु्रप
९. उपमहासचिव : भुवनराज आचार्य
१०.  सचिव : दिनेश तामाङ
११. सह–सचिव :  रितु ग्यामम्दान
१२ .कोषाध्यक्ष : तेम्बा लामा, सञ्चालक नाम्लाङ इकोटुरिजम 
१३. कार्यसमिति सदस्य : इश्वर गुरुङ
१४. कार्यसमिति सदस्य : कृष्ण अधिकारी,
१५. कार्यसमिति सदस्य : उर्जा तामाङ 
१६. कार्यसमिति सदस्य : शशि लामिछाने
१७. कार्यसमिति सदस्य :  प्रेमराज तिम्सिना
१८. कार्यसमिति सदस्य :  गगनराज न्यौपाने 
१९. कार्यसमिति सदस्य : युवराज पण्डित
२०. कार्यसमिति सदस्य  ः केदार गजुरेल
२१. कार्यसमिति सदस्य : विपिन लामा
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।