logo

चाडपर्व लक्षित प्याकेजहरु बनाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ 

तेजेन्द्र शर्मा पौडेल, अध्यक्ष, भिलेज टुरिजम–नेपाल

    4163   पटक पढिएको

० विश्वव्यापी संकटको रुपमा फैलिएको कोभिड– १९ को महामारीले नेपालको पर्यटन क्षेत्रलाई कस्तो असर परेको छ ?

कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्रमा नै प्रभाव पारेको जटिल अवस्थामा नेपालको पर्यटन पनि यसबाट जोगिन सकेको छैन । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण बर्षको तयारी गरिरहेको अवस्थामा कोभिड–१९ महामारी सुरु भएसंगै नेपालको पर्यटन क्षेत्रमा गहिरो संकट उत्पन्न भएको छ । भ्रमण बर्षलाई मध्यनजर गर्दै सरकार र व्यवसायीहरुबाट पूर्वाधार निर्माण तथा अन्य क्षेत्रहरुमा गरिएको लगानी यतिवेला जोखिममा परेको छ । पर्यटनसंग सम्बन्धित विभिन्न पेशा,व्यवसायमा आवद्ध मजदुरहरुले रोजगारी गुमाउन परेको अवस्था छ । समग्रमा पर्यटन क्षेत्रमा ठूलो असर परेको देखिन्छ । 

० कोरोना संक्रमणको बीचमा पनि नेपालको पर्यटन क्षेत्रलाई कसरी चलायमान गर्न सकिएला ? 

अहिलेको परिस्थितीमा पहिलाकै अवस्थामा पर्यटनलाई फर्काउन त कठिन छ । तर संक्रमणबाट बच्ने सुरक्षित उपायहरु अवलम्वन गरेर पर्यटकिय गतिवीधिहरुलाई सुचारु गर्न भने सकिन्छ । सरकार, पर्यटनसंग संबन्धित निकायहरु र व्यवसायीहरुले संक्रमणकै बीच पनि सुरक्षित र सहज तरिकाले नेपालमा भ्रमण गर्न सकिन्छ भनेर विश्वव्यापी रुपमा प्रचार–प्रसार गर्न जरुरी छ । सरकारले यस अघि पर्यटकका लागि लागू गरेको परस्पर विरोधासपुर्ण मापदण्ड सरकारले सच्याईसकेको अवस्था छ । अब नेपालको एयरपोर्ट, होटल, यातायातका साधनहरु र जहाँ–जहाँ पर्यटकहरु पुग्छन, ति सबै गन्तव्यहरु पर्यटकको लागि पुर्णरुपमा सुरक्षित छन् भन्ने सन्देश जान जरुरी छ । अर्को कुरा आन्तरिक पर्यटनलाई बढावा दिदै प्याकेजहरु सार्वजनिक गर्न सकिन्छ । अवका दिनमा आन्तरिक पर्यटनको विकास र प्रवद्र्धनमा पनि सरकार र व्यवसायी दुवैले ध्यान दिन जरुरी छ । 

० दशैं,तिहार लगायतका चाडपर्वहरु नजिकिँदै छ । नेपालको धर्म, संस्कृती,चाडपर्व र ग्रामीण जीवनलाई कसरी पर्यटनसंग जोड्न सकिन्छ ? 

नेपाल गाउँ नै गाउँले भरिएको मुलुक हो । नेपालमा जुनसुकै शहरबाट ३० मिनेटको ड्राईभमा गाउँ–गाउँ पुग्न सकिन्छ । हाम्रो ग्रामीण जनजीवन प्राकृतिक रुपमा सुन्दर र साँस्कृतिक रुपमा समृद्ध छ । सांस्कृतिक विविधता भित्र पनि अनौठो एकता छ । दशैं–तिहार जस्ता चाडपर्वहरुको उल्लास पनि गाउँघरमै छ । यही धार्मिक, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरता नै पर्यटनलाई ग्रामीण जनजीवनसंग जोड्ने आधार हो । यसका लागि विभिन्न कार्यक्रम तथा चाडपर्व लक्षित प्याकेजहरु बनाएर ग्रामीण पर्यटनमा पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।

० नेपालको गाउँ–गाउँसम्म पर्यटक लैजान के गर्नुपर्छ ? यहाँको संस्था भिलेज टुरिजम–नेपालले यसमा के पहल गरेको छ ?

वास्तवमा भन्ने हो भने, नेपालको शहरमा भन्दा गाउँमा पर्यटकहरुको लागि धेरै कुराहरु छन् । यसको अर्थ सिटी टुरिजम ठिक छैन भन्न खोजेको होईन । नेपालको सन्दर्भमा गाउँ पर्यटनको महत्व ठूलो छ भन्न खोजेको हो । बहुसंख्यक जनता गाउँमा बस्ने र गाउँ नै गाउँले भरिएको मुलुक भएको नाताले पर्यटनको माध्ययमद्धारा ग्रामीण जनजीविकालाई माथी उकास्न सकिन्छ । विकसित मुलुकका पर्यटकहरुले अनुभव गर्दे आएको जीवन भन्दा हाम्रो गाउँले जीवन एकदम पृथक र सरल छ ।

पव, डिस्को जस्ता कुराहरुको अनुभव पर्यटकहरुले आफ्नै देशमा गरेका हुन्छन् । हाम्रो प्राथमिकता भनेको उनीहरुको अनुभव भन्दा फरक अनुभव दिनको लागि नै गाउँ पर्यटनको विकास जरुरी छ । मुख्यतः नेपालको ग्रामीण पर्यटनको बिशेषता, यसको महत्व र आवश्यकतालाई विश्वव्यापी रुपमा प्रचार–प्रसार गर्न जरुरी छ । गाउँ–गाउँमा महोत्सवहरुको आयोजना गर्न सकिन्छ । गाउँ पर्यटन विकासको लागि राज्य, पर्यटन व्यवसायी र आम नागरिकहरुले आ–आफ्नो क्षेत्रबाट भुमिका खेल्न सक्यो भने गाउँ–गाउँमा पर्यटक लैजान सकिन्छ । हामीले पनि यसमा पहल गरिरहेका छौं ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।