logo

टिम्सको विषयमा नेपाल पर्यटन वोर्डसंग “एस अर नो” मा कुराकानी गर्नेछु

खुमबहादुर सुवेदी, अध्यक्षका उम्मेदवार, टान निर्वाचन–२०१९

    3003   पटक पढिएको

ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा टान वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी प्यानल सहित अध्यक्षको उम्मेदवार बनेका छन । विगत २५ वर्षदेखि नेपालको पदयात्रा पर्यटन व्यवसायमा सक्रिय युनिक एड्भेञ्चर ईन्टरनेशनल प्रा.लि.का निर्देशक समेत रहेका सुवेदीका दुई नियात्रा संग्रह समेत प्रकाशित छन । ट्रेकिङ व्यवसायीहरुको संस्था टानको अध्यक्षको उम्मेदवार बनिरहँदा उनका एजेण्डाहरु के छन त भन्ने विषयमा अर्थ र व्यापारले सुवेदीसंग कुराकानी गरेको छ । प्रस्तुत छ–टान निर्वाचन–२०१९ का अध्यक्षका प्रत्याशी सुवेदीसंगको कुराकानीको सम्पादीत अंश :

० आगामी भाद्र २० गते हुने टानको निर्वाचनमा तपाईं प्यानल सहित अध्यक्षको उम्मेदवार बन्नुभएको छ । टानका आम सदस्यहरुले तपाईंलाई भोट दिएर किन जिताउने ?

हामी ट्रेकिङ व्यवसायीहरूको एकमात्र छाता संगठन टानको ४१ औँ वार्षिक साधारणसभा एवं नयाँ कार्यसमिति निर्वाचन आगामी सेप्टेम्बर ६ का दिन सम्पन्न हुन गइरहेको छ । टानको इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्ने ऐना मात्र होइन, यसको सुदूर भविष्य जोड्ने निरन्तरताको क्रम, व्यवसायिक हक, हित र सह–अस्तित्वका खातिर संगठननले परिलक्षित गरेका लक्षहरु हाँसिल गर्नका लागि नयाँ उत्साह र उमंगका पाइलाहरु उठान गर्ने नै मेरो र मेरो प्यानलको मुख्य उद्देश्य हो । टानको विगत र वर्तमानलाई नियाल्दा आगतमा एउटा सबल नेतृत्वको खाँचो टड्कारो रूपमा देखिएको छ ।

दूरदर्शिता र नीतिगत व्यावसायिक चिन्तनले मात्र टानको भविष्य उज्वल हुनसक्छ र यसको सौम्य इतिहासमा लागेका दागहरू मेट्न सकिन्छ भन्ने कुरा यहाँहरूले बझ्नु भएकै छ । यसर्थ, टानको गरिमालाई माथि उठाउन खोज्ने सम्पूर्ण चेतनशील व्यवसायिक मनहरूले फेरि एक पटक गम्भिरतापूर्वक सोच्ने बेला आएको छ । वर्तमान कार्य समितिको वरिष्ठ उपाध्यक्षको हैसियतमा मैले जे जति गर्न सकेँ, ती सबै यहाँहरू माँझ घामजस्तै छर्लङ छ । हामी पदयात्रा व्यवसायीहरुको आपसी हित र गरिमाका लागि स्थापना भएको छाता संगठन भएकोले टानलाई आम व्यवसायीहरूको वास्तविक संस्था बनाउने लक्षका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । हामीले सामना गरिरहेका यावत् समस्याहरू समाधान गर्दै व्यावसायिक भविष्य सुनिश्चितताका पदयात्रा व्यवसायीहरुले भोट दिएर मलाई जिताउनुहुनेछ भन्ने विश्वास लिएको छु ।

० ट्रेकिङ एजेन्सिज एशोशियन अफ नेपाल (टान) मा वर्तमान कार्यसमितिको कार्यकाल लगभग पुरा भएको छ । टानको बरिष्ठ उपाध्यक्षको हैसियतले भन्नुपर्दा दुई वर्षमा के–कस्ता कामहरु गर्न सकियो र के–के गर्न सकिएन ?

विगत दुई वर्षको कार्यकालमा टानका आम सदस्यहरुको जे–जस्तो अपेक्षा थियो, त्यहि अनुसार काम गर्न नसकिएकै हो, तर केहि महत्वपूर्ण कामहरु भएकै छन । टानले सरकार,नेपाल पर्यटन वोर्ड लगायत अन्य सम्बन्धित निकायहरुसंग छलफल र सहकार्य गरेर काम गर्न तत्तपरता देखाउँदा पनि सदस्य व्यवसायिहरुले चाहेअनुसारको काम गर्न सकिएन । वरिष्ठ उपाध्यक्षको रुपमा यसमा मैले जे जति जिम्मेवारी लिनुपर्छ,त्यसको लागी म तयार छु । तर समग्र टानलाई दिशानिर्देश गर्नको लागी टानको अध्यक्ष नै हुनुपर्दो रहेछ । बरिष्ठ उपाध्यक्षको पद विधि विधानलाई हेर्दा अध्यक्षलाई सहयोग गर्ने भन्ने मात्र देखियो । बरिष्ठ उपाध्यक्षले चाहेर पनि अध्यक्षलाई सहयोग गर्ने भन्दा थप भिजन लागु गर्न सक्ने अवस्था नरहँदो रहेछ । त्यसैले नै टानलाई व्यवसायीहरुको चाहनाअनुसार अगाडी बढाउँदै,नेपालको पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्याको अन्त्य, टानको खस्किएको गरिमालाई उच्च बनाउन आगामी कार्यकालका लागी अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।

० टानमा अध्यक्षको उम्मेदवारी दिने घोषणापश्चात आम व्यवसायीहरुवाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? अहिलेको कार्यकालमा गर्न नसकेको काम आगामी कार्यकालमा गर्न सकिन्छ भन्ने आधार के छ त ?

टानमा अध्यक्षको उम्मेदवारी घोषणा गरेपश्चात अग्रज व्यवसायीहरु, पूर्वअध्यक्षहरु, समकालिन व्यवसायिहरु र नयाँ पुस्ताका साथीहरुले म र मेरो समुहलाई अत्यन्तै शुभकामना दिनुभएको छ । उहाँहरुको सुझाव, टानले अहिले गर्न खोजेको र चाहेका र अपूर्ण रहेका कामहरुलाई सम्पन्न गर्न नै मैले टानको आगामी नेतृत्वमा जाने योजना बनाएको हुँ । टिम्सको अहिलेको गतिरोधको अवस्थालाई पनि कुनै न कुनै निष्कर्षमा पु¥याउन आवश्यक छ । त्यसको लागी नेपाल पर्यटन वोर्डसंग गम्भिर ढंगले एस अर नो मा कुराकानी गर्नेछु । मेरो नेतृत्वमा टानमा जाने अवसर आयो भने अग्रज, समकालिन र भर्खरै मात्र व्यवसायमा प्रवेश गरेका युवा पर्यटन व्यवसायीहरु संग सल्लाह र सुझाव लिएर छ महिनामा टानको कार्यशैली र गरिमामा स्पष्ट देखिने गरि काम गर्नेछु र परिवर्तन ल्याउनेछु ।

नेपाल सरकार र पर्यटन वोर्डलाई पनि नेपालको पर्यटन व्यवसाय र त्यसमा पनि पदयात्रा पर्यटनको विकासका लागी सकारात्मक आँखाले हेर्ने वातावरण निर्माण गर्न पहल गर्नेछु ।

० टानको आगामी नेतृत्वको उम्मेदवार बनिरहँदा तपाईंसंग नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी के गर्ने योजना छ ?

सर्वप्रथम त व्यवसायको विकासका लागी आवश्यक भनेको नयाँ–नयाँ गन्तव्य र पदमार्गहरुको निर्माण र विकास नै हो । त्यसका लागी विशेष कार्ययोजना वनाएर काम गरिनेछ । अर्कोतिर पछिल्लो समय नेपालको पदयात्रा व्यवसायमा ट्याक्स र भ्याटको समस्या टड्कारो विषय बनेको छ । त्यसका लागी वर्तमान कार्यसमितिमा रहँदा पनि मैले पहल गरिराखेको नै छु । ठूला देखि साना सवै व्यवसायीहरुको सहमतिमा ट्याक्स,भ्याटको विषयलाई सम्बन्धित निकायमा लगेर समाधानका लागी पहल गर्नेछु ।
त्यसवाहेक नेपालको पर्यटन क्षेत्रसंग सम्बन्धित विभिन्न संघ–संस्थासंग सहकार्य गर्दै  नेपालको पर्वतिय पर्यटनका साथै समग्र पर्यटनको विकासमा आन्तरिक रुपमा गर्नुपर्ने कामहरु र नेपालको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा विशेष जोड दिने योजना छ । अर्कोतिर नेपालको पदयात्रा व्यवसाय भित्र रहेको अस्वस्थ प्रतिस्पर्धालाई रोकेर व्यवसायमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न उचित व्यवस्था गर्न पहल गर्नेछु । 

० सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ ।  नेपाल भ्रमण वर्षको तयारीले कस्तो संकेत गर्दछ ?

नेपाल भ्रमण वर्षमा धेरै व्यवसायिहरुलाई नसमेटिएको अवस्था छ । कतिपय अवस्थामा सरकारका आफ्ना कार्यकर्ताहरुलाई भर्ति गर्ने स्थान जस्तो मात्र बनाएको पनि देखियो । पर्यटन क्षेत्रका सम्पूर्ण संघ–संस्था र व्यवसायीहरुलाई अपनत्व हुने गरि भ्रमण वर्ष अगाडी बढाउन जरुरी छ । त्यसका लागी टान लगायतका निजी क्षेत्र सकारात्मक सहयोग गर्न सदैव तयार छ । टानमा रहेर नेपाल भ्रमण वर्षलाई सफल पार्न र व्यवसायीहरुलाई फाईदा हुने वातावरण निर्माण गर्न लाग्नेछु । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।