logo

विदेशी टुर अपरेटरहरुले सिधै नेपालमा ट्रेकिङ चलाउन थाले

मोहन लम्साल, पूर्व महासचिव, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)

    5003   पटक पढिएको

० यो वर्षको मार्चसम्म आईपुग्दा सन् २०१९ मा नेपालको पर्यटन क्षेत्र कस्तो हुने देखिन्छ ? पर्यटकहरुको बुकिङको अवस्था कस्तो छ ?

यो वर्षको मार्चसम्म आईपुग्दा पनि सन् २०१९ को लक्षण राम्रो देखिँदैन । मार्चमा त होटलहरु भरिभराउ हुनुपर्नेमा होटलहरु खाली–खाली छन, धमाधम ट्रेकिङ जानुपर्नेमा ट्रेकिङ जाने ग्रुपहरु छैनन । मार्च मात्र होईन, अप्रिल, मे मा पनि खाली नै छ । यसका पछाडी धेरै बुकिङहरुमा क्यान्सिलेसन आउनु प्रमुख कारण हो । यो वर्ष धेरै क्यान्सिलेसन आउनुमा न्युयोर्क टाईम्स, सिएनन लगायत अन्य साना–ठूला अन्तर्राष्ट्रिय मिडियाहरुमा दिनहुँजसो नेपालको फेक रेस्क्युको समाचारहरु आउनु नै हो । नेपालमा ट्रेकिङ जाँदा पर्यटकलाई विरामी बनाएर हेलिकोप्टरवाट रेस्क्यु गरिन्छ र वीमा रकम दाबी गरिन्छ भन्ने हल्ला विश्वभर चलेको छ । त्यो कारणले पनि पर्यटकहरु नेपाल आउन डराए । नेपालमा ट्रेकिङ जाँदा विरामी पो पार्ने हो कि भन्ने डर पनि पर्यटकहरुमा परेको देखिन्छ ।

अर्कोतिर हालै फेक रेस्क्युको कारण युकेमा मात्र ईन्सुरेन्स कम्पनीले नेपालमा पदयात्रामा आउने पर्यटकको ईन्सुरेन्स ७५ पाउण्डमा हुनेमा त्यसलाई वढाएर ४०० पाउण्ड बनाएको छ । ४०० पाउण्डले त पर्यटकहरुलाई थाईल्याण्डमा हप्ता दिन घुम्न पुग्छ भने ४०० पाउण्ड ईन्सुरेन्स मात्र तिरेर पर्यटक नेपाल किन आउने ? युके बाहेक प्रायः सवै देशमा नेपाल आउने पर्यटकको ईन्सुरेन्स शुल्क बढेको छ । यसले गर्दा क्यान्सिलेसन बढेको देखिन्छ । नेपालका केहि कम्पनीहरुको गलत क्रियाकलापको असर सिंगो पर्यटन क्षेत्रलाई परेको छ । त्यस्तै लुक्लाको फ्लाईटको अनिश्चितताले पनि पर्यटकहरुलाई नेपाल आउन वाधा पु¥याएको छ । काठमाडौं वाट उड्न नपाएर चार–पाच घण्टा ड्राइभ गरेर रामेछाप जानुपर्ने भएका कारण पनि नेपाल आउने पर्यटकहरुलाई असर परेजस्तो देखिन्छ ।

० सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ । सन् २०१९ को लक्षण हेर्दा सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्रने देखिन्छ त ? विश्वभर फैलिएको गलत सन्देशलाई चिर्नका लागी के गर्नु आवश्यक छ ?

सन् २०१९ को लक्षण हेर्दा त सन् २०२० मा टाउकै गन्ने हो भने पनि १५ लाख पर्यटक पनि पुग्ने देखिँदैन । तर पनि सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजना ल्याउनु सकारात्मक विषय हो । संख्या नपुग्ला नपुला तर यसले नेपालको प्रचार–प्रसार र प्रवद्र्धन त गर्छ नै । राज्यले नेपाल भ्रमण वर्ष सफल पार्ने हो भने सवैभन्दा पहिले फेक रेस्क्युजस्ता गलत गतिविधि रोक्नुप¥यो । अव नेपालमा यस्तो हुँदैन भनेर विश्वभर सन्देश फैलाउन प¥यो । बरु राज्यले नेपाल आउने पर्यटकको  ईन्सुरेन्स ग्यारेन्टि हामी आँफै ग¥छौं भन्ने सम्मका योजना र सन्देश विश्वभर लैजान आवश्यक छ । त्यसका लागी देशभित्रै पर्यटकको बीमा गर्ने योजना पनि सरकारले ल्याउन सक्छ ।

त्यसैगरि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउनमा पहल गर्नुप¥यो । खाली सस्तोमा पर्यटक नेपाल ल्याएर मात्र राज्यलाई केहि फाईदा पुग्दैन । जति पर्यटक आएपनि राज्यले पर्यटन वाट केहि पनि लाभ नपाउने अवस्था हुन्छ । कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान वढाउने ढंगले पनि सोच्नुपर्छ । राज्यले पनि केहि पाउने वातावरण बनाउनुप¥यो । अर्कोतिर नेपाल अझै चिनिएको छैन । त्यसैले सवैभन्दा महत्वपूर्ण कुरा प्रचार–प्रसारको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा वर्षैभरी नेपालको वारेमा प्रचार सामाग्रीहरु प्रसारण गर्नुपर्छ । अझैपनि ट्राभल फेयरमा जाँदा नेपाल चिनाउनु परिरहेको छ । विविसि र सिएनएन मार्फत नेपालको प्रचार गर्नैपर्छ । हामी प्रचार–प्रसारमा कमै छौं । हरेक दिन नेपालको प्रचार सामाग्रीहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बजाउनु आवश्यक छ । गत वर्ष नेपाल आउने पर्यटकको संख्या वढ्नुमा विगतमा छोटो समय भए पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा नेपालको विज्ञापन वजाउनु नै हो ।

० गुणस्तरीय पर्यटकको विषयमा कुरा गर्दा पहिले–पहिले नेपाल आउने पर्यटकहरुको तुलनामा आजकल नेपाल आउने पर्यटकहरुको स्तर घट्दै गएको हो ?

मलाई राम्रो संग याद छ, सन् १९९८ तिर प्रतिदिन प्रतिपर्यटक १५० डलर सजिलै लिईने गर्दथ्यो । हाल प्रतिदिन प्रतिपर्यटक ६० डलर चार्ज गर्न पनि गाह्रो छ । जव कि त्यतिवेला गाईड लगायत अन्य सवै सेवा सस्तो थियो, आज सवैको मुल्य वृद्धि भईरहको छ । यो परिस्थिति आउनुका पछाडी नेपालको पर्यटन क्षेत्रमा व्याप्त छाडातन्त्र हो । ट्रेकिङ कम्पनीहरुको संख्या वृद्धि संगै बढको अस्वस्थ प्रतिस्पर्धा यसको प्रमुख कारण हो । राम्रो सर्भिस दिएर पर्यटक भित्र्याउनु भन्दा पनि एउटाले भन्दा अर्कोले सस्तो मुल्य दिएर सस्तोमा पर्यटक तान्ने प्रवृत्ति वढेर गएको छ । त्यसैले अव क्वालिटि टुरिजममा जानुपर्छ । यस सम्बन्धमा राज्यले कुनै न कुनै कानुनी प्रबन्ध गर्नुपर्छ ।

० नेपालमा पछिल्लो समय ट्रेकिङ जाने पर्यटकको संख्या कस्तो छ ? पछिल्लो समय नेपलको पदयात्रा पर्यटनको क्षेत्रमा के–कस्ता समस्याहरु देखा परेका छन ?

ट्रेकिङ जाने पर्यटकको संख्या केहि मात्रामा वढेको छ । तर ट्रेकिङ कम्पनीवाट नजाने,आँफै झोला बोकर जाने ट्रेकर्सहरुको संख्या वढेको छ । यसवाट कसैलाई पनि फाईदा हुँदैन । राज्यले पाउने कर,भ्याट केहि पनि नपाउने अवस्था छ । ट्रेकिङ कम्पनीवाट गए न राज्यले केहि लाभ पाउने हो, ईन्डिभिजुयल ट्रेकसका कारण राज्यलाई केहि लाभ हुँदैन ।

पछिल्लो समय प्रत्येक गाउँपालकापिच्छे २००० को दरमा शुल्क उठाउन सुरु भएको छ । हालै खुम्बु गाउँपालिका जाँदा अर्को छुट्टै लाईसेन्स चाहिने नियम आएको छ । यसले समस्या नै समस्या निम्त्याएको छ । संघिय सरकारले जारी गरेको लाईसेन्सले पनि नहुने भएपनि समस्या आउँछ । स्थानिय निकायले शुल्क उठाएकोमा हाम्रो आपत्ति होईन तर व्यवस्थित ढंगले उठाउनुप¥यो । ठाउँ–ठाउँमा उठाउनुको सट्टा एकमुस्ट रुपमा पनि उठाउन सकिन्छ,जसले गर्दा पर्यटकलाई पनि असहज हुँदैन ।

त्यसवाहेक ईलिगल अपरेसन भयो भनेर नै यसअगाडी टिम्स कार्ड ल्याईएको थियो । संघियता लागु भएपछि खुम्बु गाउँपालिकाले टिम्सलाई हटाईदिएपछि झन विकृतिहरु बढेर गएको छ । हाल आएर विदेशी टुर अपरेटरहरुले सिधै नेपालमा ट्रेकिङ चलाउन थाले । राज्यको उपस्थिति कहिँ कतै नभएपछि विदेशी टुर अपरेटरहरुले नेपालमा सिधै ट्रेकिङ चलाउने अवस्था आयो । हाल न ट्रेकिङ पर्मिट आवश्यक पर्छ, न टिम्स नै । यसले गर्दा नेपाली ट्रेकिङ कम्पनीहरु समस्यामा परेको छन । अव विदेशी अपरेटरहरुले नेपालका ट्रेकिङ कम्पनी खोज्नुपर्ने अवस्था नै भएन । त्यसैले अव ट्रेकिङ पर्मिट पर्यटन विभागवाट जारि गरिदिने वा अन्य केहि व्यवस्था गर्नैपर्छ । पर्यटन ऐन संसोधन गरेर भएपनि कुनै न कुनै उपयुक्त व्यवस्था ल्याउनैपर्छ ।

० नेपालमा हाल रहेका यहि पूर्वाधारले वीस लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ त ?

नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको समय सापेक्ष निकै सानो भयो, आकाशमा घण्टौं होल्डमा बस्नुपर्ने अवस्था छ । भैरहवा को एयरपोर्ट पनि क्षेत्रियस्तरको मात्रै हो । त्यसैले विमानस्थल लगायतका पूर्वाधार निर्माणको कामलाई यथासिघ्र अगाडी वढाउनु आवश्यक छ । नेपाल वायुसेवा निगमलाई युरोपमा कालोसुचिमा राखिएको छ । कालोसुचिवाट तत्काल हटाउन पहल गर्नुप¥यो । निगमै जहाज युरोप,अमेििरका र अष्ट्रेलियमा जानु र नजानुमा ठूलो अन्तर हुन्छ ।  

अर्कोतिर काठमाडौंकै सडकको अवस्था पनि खराव छ । राज्यले सडकका खाल्डाखुल्डी मात्र पुरेपनि तत्काललाई कहि सकारात्मक हुने थियो । पूर्वाधारहरुको निर्माण र सुधारमा ध्यान दिनैपर्छ ।

० सन् २०२० लाई सफल पार्न सरकारले निजी क्षेत्रसंग कस्तो सहकार्य गरेको छ ? नेपाल भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रको भुमिका कस्तो रहनुपर्छ ?

सरकारले नेपाल भ्रमण वर्ष २०२० का लाग एउटा संयन्त्र त वनाएको छ । तर त्योे संयन्त्र कहाँ छ, के गरिराखेको छ,त्यो वाहिर आउन सकेको छैन । त्यो संयन्त्रै आफँैमा रनभुल्लमा भएको जस्तो देखिन्छ । मुल कमिटिमा वास्तविक र दिग्गज  पर्यटन व्यवसायि परेजस्तो पनि लाग्दैन । विसौं वर्ष पर्यटन क्षेत्रमा लागेका व्यवसायिहरुको सल्लाह,सुझावलाई मध्यनजर गरेर जाने हो भने अझै पनि ढिलो भएको छैन,त्यसले सकारात्मक परिणाम नै ल्याउँछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।