logo

पोलिमर नोट छपाईमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पूर्व गभर्नर रावलसहित ३ जना विरुद्ध मुद्दा दर्ता

    2292   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार  - पोलिमर नोट छपाईमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावलसहित तीन जना विरुद्ध मुद्दा दर्ता गरेको छ । बिहीबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रावलविरुद्ध ९१ लाख रुपैयाँको बिगो दावी गरिएको छ । त्यसैगरी नेपाल राष्ट्र बैँकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका तर्फबाट लोकल एजेन्ट हिमालयबहादुर पाँडेविरुद्ध पनि उति नै रुपैयाँ बिगो दावी गरिएको छ । 

यो विषयमा अस्ट्रेलिया सरकारको करप्सन एन्ड क्राइम कमिसनले पनि अस्ट्रेलियाको संघीय प्रहरीलाई छानबिन गर्न लगाएको थियो । सिडनी मर्निङ हेराल्डले हिमालय पाँडेले नेता र राष्ट्र बैँकका अधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारेको खबर प्रकाशित गरेपछि त्यहाँ छानबिन सुरु भएको थियो ।  अस्ट्रेलिया सरकारले आग्रह गरेपछि नेपाल सरकारले हिमालयबहादुर पाँडे, रामराज्यलक्ष्मी पाँडे, पृथ्वीबहादुर पाँडे, उपेन्द्रकेशरी पौडेल, केशव खत्री र तिलक रावलबारे जानकारी पठाएको थियो । पोलिमर नोट छाप्न नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०५८र५९ मा अनुमति दिएको थियो । 

नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो पाइएको अभियोगपत्रमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो, नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधि बीचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीहरुलाई थाइल्यान्ड हुँदै अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको आयोगले जानकारी दिएको छ । 
बोलपत्र पूर्व नै नोटको डिजाइन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार अस्ट्रेलियन डलर ६८ बाट अस्ट्रेलियन ४ बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एवं नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याुई आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको अभियोग पत्रमा उल्लेख छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।