logo

भविष्यमा पर्यटन उद्यमी बन्ने लक्ष्य छ

मनिता पौडेल, मिस टुरिजम–२०१८

    2912   पटक पढिएको

० मिस टुरिजम–२०१८ को उपाधी जित्नुभएको छ, कस्तो अनुभव भईरहेको छ ?

सबैभन्दा पहिला त मिस टुरिजमका आयोजक प्वाईन्ट मिडिया प्रा.लि.लाई धन्यवाद दिन चाहन्छु । म जस्ता पर्यटन क्षेत्रमै केही गरौं भन्ने युवाहरुको लागि मिस टुरिजम् वास्तवमै एउटा गतिलो प्ल्याटफर्म रहेछ । मिस टुरिजममा सहभागि भएदेखी उपाधी हाँसिल गर्दासम्मको क्षणहरु वास्तवमै अविश्मरणीय छन् । मिस टुरिजमको ताज पहिरिपछि अझै बढि जिम्मेवारीबोध भएको छ । यो क्षण अत्यन्तै उत्साहजनक छ । म शब्दमा पनि वर्णन गर्न सक्दिन । म मेरो ममि, ड्याडी, साथिहरु अनि आफन्तहरुको साथ सहयोग र उत्प्रेरणले नै यहाँसम्म आईपुगें र यो उपलब्धि हाँसिल गर्न सकें । म उहाँहरु सबैलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । 

० तपाईंमा भएको के–कस्ता विशेषताहरुले मिस टुरिजम–२०१८ को उपाधी दिलायो जस्तो लाग्छ ?

मुख्यतः म मा भएको एटेन्सन, डिटरमिनेसन र कन्फिडेन्टले नै मलाई उपाधी दिलायो जस्तो लाग्छ । त्यसका साथै मिस टुरिजम्को ट्रेनिङ अवधिमा मैले निकै कुराहरु सिक्ने अवसर पाएँ । ट्रेनिङ अवधिमा सिकेका हरेक चिज,सम्पुर्ण आफन्त र साथिहरुको हौसलाले मलाई अझ बढी मेहनत गर्न र यसैमा बढी फोकस हुन प्रेरणा प्रदान ग¥यो र उपाधिसम्म पुग्न सफल भएँ । 

० मिस टुरिजम–२०१८ को उपाधी त जित्नुभयो । अव भविष्यको योजनाहरु के छन ?

सर्वप्रथम त म टुरिजम्कै विद्यार्थी भएको नाताले मैले मेरो भविष्य पनि यसै क्षेत्रमा बनाउने लक्ष्य लिएको छु । पढाईलाई निरन्तरता दिँदै भविष्यमा पर्यटन उद्यमी बन्ने लक्ष्य लिएको छु । त्यसका साथै नेपालको पर्यटकिय गन्तव्यहरुको प्रबद्र्धन, पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धिका लागी केहि अभियानहरु ल्याउने सोचमा छु । नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । त्यो अभियानमा हामीजस्ता धेरैभन्दा धेरै युवाहरुलाई समेट्न मेरो पहल हुनेछ । त्यसबाहेक नेपाली महिलाहरुको सशक्तिकरणका लागी मेरो तर्फवाट जे गर्न सक्छु,त्यसमा सक्रिय हुने मन छ । त्यसवाहेक समाजसेवाका क्षेत्रमा केहि गर्ने मेरो चाहना छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।