logo

नेपाल भ्रमणपछि विगतको प्रक्षेपणलाई संसोधन गर्दै ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल हुने आइएमएफको प्रक्षेपण

    2012   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार - अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । आइएमएफको आर्टिकल फोर मिसनले नेपाल भ्रमणपछि विगतको प्रक्षेपणलाई संसोधन गर्दै ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल हुने जनाएको हो ।

आर्टिकल फोर मिसनले नेपाल भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै भूकम्पपछिको पुननिर्माणमा भएको काम तथा सेवा र उत्पादनमुलक क्षेत्रमा भएको बृद्धिले साढे ६ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको छ । आइएमएफका ग्रिट एल्मीकेन्डर्सले नेतृत्व गरेको आर्टिकल फोर मिसनले नेपालमा अर्थमन्त्री डा युवराज खतिवडा,राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल सहित उच्च अधिकारी तथा निजी क्षेत्रसँग भेटवार्ता गरेको थियो ।

‘नेपालको आर्थिक बृद्धिदरले एउटा गति लिएको छ, विद्युतको सहज आपूर्ति, राजनीतिक स्थिरता तथा पुननिर्माणको भएको कामको कारण यो वर्ष ६.५ प्रतिशत आर्थिक बृद्धिदर हुने हाम्रो अनुमान छ,’ एल्मीकेन्डर्सले भ्रमणको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा भने ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेको छ । नेपालले यो भन्दा अगाडि लगातार दुई आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढी आर्थिक बृद्धि हासिल गरेको छ । आर्थिक बृद्धिदरको यो बृद्धिलाई आइएमएफले नेपाली अर्थतन्त्रले एउटा दिशा लिएको जनाएको छ ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।