logo

नेपाल भ्रमणपछि विगतको प्रक्षेपणलाई संसोधन गर्दै ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल हुने आइएमएफको प्रक्षेपण

    2322   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार - अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । आइएमएफको आर्टिकल फोर मिसनले नेपाल भ्रमणपछि विगतको प्रक्षेपणलाई संसोधन गर्दै ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल हुने जनाएको हो ।

आर्टिकल फोर मिसनले नेपाल भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै भूकम्पपछिको पुननिर्माणमा भएको काम तथा सेवा र उत्पादनमुलक क्षेत्रमा भएको बृद्धिले साढे ६ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको छ । आइएमएफका ग्रिट एल्मीकेन्डर्सले नेतृत्व गरेको आर्टिकल फोर मिसनले नेपालमा अर्थमन्त्री डा युवराज खतिवडा,राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल सहित उच्च अधिकारी तथा निजी क्षेत्रसँग भेटवार्ता गरेको थियो ।

‘नेपालको आर्थिक बृद्धिदरले एउटा गति लिएको छ, विद्युतको सहज आपूर्ति, राजनीतिक स्थिरता तथा पुननिर्माणको भएको कामको कारण यो वर्ष ६.५ प्रतिशत आर्थिक बृद्धिदर हुने हाम्रो अनुमान छ,’ एल्मीकेन्डर्सले भ्रमणको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा भने ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेको छ । नेपालले यो भन्दा अगाडि लगातार दुई आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढी आर्थिक बृद्धि हासिल गरेको छ । आर्थिक बृद्धिदरको यो बृद्धिलाई आइएमएफले नेपाली अर्थतन्त्रले एउटा दिशा लिएको जनाएको छ ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।