logo

लगानीमैत्री नीति निर्माणका लागि लविङ गर्ने योजना बनाएकी छु

    2122   पटक पढिएको

भवानी राणा
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष रहँदै आएकी भवानी राणाले बुधबार बाट अध्यक्षको कार्यभार सम्हालेकी छन । यसअघि विधान संसोधन गरी वरिष्ठ उपाध्यक्षलाई नै स्वतः अध्यक्ष बनाउने प्रावधान वाटै उनी ५१ औं वार्षिक साधारणसभा बाट अध्यक्ष बनेकी हुन् । यसै सन्दर्भमा अर्थ र व्यापारले राणासंग अध्यक्ष बनेपछीका उनका भावी योजनाहरुका बारेमा कुराकान गरेको छ । प्रस्तुत छ–कुराकानीको सम्पादीत अंश ः

० तपाईं नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नुभएको छ, अध्यक्ष बनेपछिका आगामी योजनाहरु के–के छन ?

हाल देशबाट दैनिक ठूलो युवा जनशक्ति कामको खोजीमा बाहिर पलायन भइरहेको छ । मैले यस्तो जनशक्तिलाई नेपालमै रोजगार उपलब्ध गराउनुपर्छ भन्ने सोच बनाएकी छु । जसका लागि सात वटै प्रदेशमा इन्स्टिच्युसन खडा गर्ने मेरो अवधारणा छ । यसको लाग विभिन्न राजदुतावासहरुसँग समेत सहकार्य गर्नेछौ । त्यस्तै सातै प्रदेशमा स्मार्ट सीटी बनाउने सरकारको योजनामा साथ दिनेछु । साथै निजी क्षेत्रको लागि आवश्यक नीति निर्माणमा लबिङ गर्ने पनि मेरो योजना छ । अहिले उद्योग वाणिज्य महासंघमा होस् या जुनसुकै मन्त्रालय जहाँ गए पनि उद्योगधन्दाको तथ्यांक व्यवस्थापन राम्रो सँग गरिएको छैन । उद्योग के–कति र कहाँ–कसरी सञ्चालन भएका छन् र तीनको हालको अवस्था के छ भन्ने तथ्यांक सहजै पाइँदैन, मैले अब यो तथ्यांक महासंघमै उपलब्ध हुने व्यवस्था गर्नेछु ।

० देशका उद्यमी महिलाहरुको निम्ति पनि केहि योजना बनाउनुभएको छ कि ?

म अध्यक्ष भएसँगै सबै नेपाली महिलाहरुको म सँग अपेक्षा छ । लोकतन्त्र पछि महिलाको भुमिका बढ्दै गएको छ । अब नेपाली महिलालाई नेतृत्वदायी भुमिकामा पु¥याउने र उनीहरुमा उद्यमशीलताको पनि विकास गर्ने मेरो जिम्मेवारी छ । महिलाहरुमा अझै आत्मबल बढाउन जरुरी छ । यसको उपाय भनेकै उनीहरुमा उद्यमशीलताको विकास गर्ने हो । त्यसैले उद्यमशिलता सम्बन्धी तालिमहरु सञ्चालन गर्ने योजना बनाएको छु ।

० महासंघको निर्वाचनमा दुई फरक–फरक गुट विच चर्को प्रतिस्पर्धा त भयो नै सिंगो महासंघ नै दुई गुटमा विभाजन भएको थियो । अब महासंघ भित्रका गुट–उपगुटलाई कसरी व्यवस्थित गरेर महासंघलाई एक बनाएर अगाडी बढ्नुहुन्छ ?

म महासंघमा गुट र उपगुट छन् भनेर नै विश्वास गर्दिनँ । किशोरजीले पनि मलाई पटक–पटक भन्नु भएको छ, म हजुरलाई सहयोग गर्न तयार छु भनेर । अब भन्नुस् कसरी महासंघमा अब गुट छ भनेर ? 

० नेपालमा वर्षेनी विदेशी लगानी प्रस्ताव त धेरै आउँछ तर वास्तविक लगानी निकै कम भईरहेको छ । नेपालमा विदेशी लगानी भित्र्याउन के–कस्ता पहलहरु गर्नु आवश्यक छ ?

राजनीतिक अवस्थाका कारण नै विदेशी लगानी नेपालमा भित्र्याउन कठिन भएको हो । सरकार परिवर्तन भए पनि आर्थिक एजेन्डा एउटै हुने भए समस्या हुने थिएन । अब चाहिँ सरकारले सबै राजनैतिक दलहरुसँग मिलेर सरकार परिवर्तन भए पनि आर्थिक एजेन्डा फेरबदल नहुने प्रतिबद्धता गराउन सक्नुपर्दछ । लगानी बाहिर बाट आउन नसक्नुमा हामो नीति पनि वाधक बनेको छ । नीति निर्माण समयमै हुनु जरुरी छ । अहिले श्रम ऐन आउन सकेको छैन । यसलाई छिटो ल्याउन जरुरी छ । लगानी मैैत्रि नीति निर्माण हुनुपर्छ । मैले अब विदेशी तथा स्वदेशी लगानीलाई उद्योग क्षेत्रमा आकर्षित गर्न लगानीमैत्री नीति निर्माणका लागि लविङ गर्ने योजना बनाएकी छु ।

० देश भित्रै रोजगारीको अवसर सिर्जना गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

हाम्रो देशमा सबैभन्दा ठूलो प्लस प्वाइन्ट भनेकै जनशक्ति हो । अरु मुलुकहरुले हाम्रै जनशक्ति उपयोग गरेर फाइदा कमाइरहेका छन् । यसकै लागि सरकारसँग मिलेर युवालाई उद्यमशीलताको तालिम दिने योजना बनाएको छु । यसका लागि नै हामीले सात वटै प्रदेशमा इन्स्टिच्युसन खडा गर्ने तयारी गरेको हुँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।