logo

लगानीमैत्री नीति निर्माणका लागि लविङ गर्ने योजना बनाएकी छु

    1813   पटक पढिएको

भवानी राणा
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष रहँदै आएकी भवानी राणाले बुधबार बाट अध्यक्षको कार्यभार सम्हालेकी छन । यसअघि विधान संसोधन गरी वरिष्ठ उपाध्यक्षलाई नै स्वतः अध्यक्ष बनाउने प्रावधान वाटै उनी ५१ औं वार्षिक साधारणसभा बाट अध्यक्ष बनेकी हुन् । यसै सन्दर्भमा अर्थ र व्यापारले राणासंग अध्यक्ष बनेपछीका उनका भावी योजनाहरुका बारेमा कुराकान गरेको छ । प्रस्तुत छ–कुराकानीको सम्पादीत अंश ः

० तपाईं नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नुभएको छ, अध्यक्ष बनेपछिका आगामी योजनाहरु के–के छन ?

हाल देशबाट दैनिक ठूलो युवा जनशक्ति कामको खोजीमा बाहिर पलायन भइरहेको छ । मैले यस्तो जनशक्तिलाई नेपालमै रोजगार उपलब्ध गराउनुपर्छ भन्ने सोच बनाएकी छु । जसका लागि सात वटै प्रदेशमा इन्स्टिच्युसन खडा गर्ने मेरो अवधारणा छ । यसको लाग विभिन्न राजदुतावासहरुसँग समेत सहकार्य गर्नेछौ । त्यस्तै सातै प्रदेशमा स्मार्ट सीटी बनाउने सरकारको योजनामा साथ दिनेछु । साथै निजी क्षेत्रको लागि आवश्यक नीति निर्माणमा लबिङ गर्ने पनि मेरो योजना छ । अहिले उद्योग वाणिज्य महासंघमा होस् या जुनसुकै मन्त्रालय जहाँ गए पनि उद्योगधन्दाको तथ्यांक व्यवस्थापन राम्रो सँग गरिएको छैन । उद्योग के–कति र कहाँ–कसरी सञ्चालन भएका छन् र तीनको हालको अवस्था के छ भन्ने तथ्यांक सहजै पाइँदैन, मैले अब यो तथ्यांक महासंघमै उपलब्ध हुने व्यवस्था गर्नेछु ।

० देशका उद्यमी महिलाहरुको निम्ति पनि केहि योजना बनाउनुभएको छ कि ?

म अध्यक्ष भएसँगै सबै नेपाली महिलाहरुको म सँग अपेक्षा छ । लोकतन्त्र पछि महिलाको भुमिका बढ्दै गएको छ । अब नेपाली महिलालाई नेतृत्वदायी भुमिकामा पु¥याउने र उनीहरुमा उद्यमशीलताको पनि विकास गर्ने मेरो जिम्मेवारी छ । महिलाहरुमा अझै आत्मबल बढाउन जरुरी छ । यसको उपाय भनेकै उनीहरुमा उद्यमशीलताको विकास गर्ने हो । त्यसैले उद्यमशिलता सम्बन्धी तालिमहरु सञ्चालन गर्ने योजना बनाएको छु ।

० महासंघको निर्वाचनमा दुई फरक–फरक गुट विच चर्को प्रतिस्पर्धा त भयो नै सिंगो महासंघ नै दुई गुटमा विभाजन भएको थियो । अब महासंघ भित्रका गुट–उपगुटलाई कसरी व्यवस्थित गरेर महासंघलाई एक बनाएर अगाडी बढ्नुहुन्छ ?

म महासंघमा गुट र उपगुट छन् भनेर नै विश्वास गर्दिनँ । किशोरजीले पनि मलाई पटक–पटक भन्नु भएको छ, म हजुरलाई सहयोग गर्न तयार छु भनेर । अब भन्नुस् कसरी महासंघमा अब गुट छ भनेर ? 

० नेपालमा वर्षेनी विदेशी लगानी प्रस्ताव त धेरै आउँछ तर वास्तविक लगानी निकै कम भईरहेको छ । नेपालमा विदेशी लगानी भित्र्याउन के–कस्ता पहलहरु गर्नु आवश्यक छ ?

राजनीतिक अवस्थाका कारण नै विदेशी लगानी नेपालमा भित्र्याउन कठिन भएको हो । सरकार परिवर्तन भए पनि आर्थिक एजेन्डा एउटै हुने भए समस्या हुने थिएन । अब चाहिँ सरकारले सबै राजनैतिक दलहरुसँग मिलेर सरकार परिवर्तन भए पनि आर्थिक एजेन्डा फेरबदल नहुने प्रतिबद्धता गराउन सक्नुपर्दछ । लगानी बाहिर बाट आउन नसक्नुमा हामो नीति पनि वाधक बनेको छ । नीति निर्माण समयमै हुनु जरुरी छ । अहिले श्रम ऐन आउन सकेको छैन । यसलाई छिटो ल्याउन जरुरी छ । लगानी मैैत्रि नीति निर्माण हुनुपर्छ । मैले अब विदेशी तथा स्वदेशी लगानीलाई उद्योग क्षेत्रमा आकर्षित गर्न लगानीमैत्री नीति निर्माणका लागि लविङ गर्ने योजना बनाएकी छु ।

० देश भित्रै रोजगारीको अवसर सिर्जना गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

हाम्रो देशमा सबैभन्दा ठूलो प्लस प्वाइन्ट भनेकै जनशक्ति हो । अरु मुलुकहरुले हाम्रै जनशक्ति उपयोग गरेर फाइदा कमाइरहेका छन् । यसकै लागि सरकारसँग मिलेर युवालाई उद्यमशीलताको तालिम दिने योजना बनाएको छु । यसका लागि नै हामीले सात वटै प्रदेशमा इन्स्टिच्युसन खडा गर्ने तयारी गरेको हुँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।