logo

अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले बनाएको प्रतिवेदको अन्तिम रुप तयार

    1805   पटक पढिएको

३ पुस /अर्थ र व्यापार  - अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले सोमबार साढे नौं बजेसम्म बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । कार्यदलले संभवत आज साँझसम्म प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने छ । मुद्रा र पूँजी बजारका समस्या पहिचान गरि समाधानका उपायहरु सुझाउनका लागि अर्थमन्त्रीले कार्यदल बनाएका थिए । अघिल्लो बिहीबार नै कार्यदल बने पनि गत सोमबार मात्र काम सुरु भएको थियो । काम सुरु भएको एक सातापछि हिजो सोमबार रातिसम्म बसेर प्रतिबेदन तयार पारेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थका सहसचिव उत्तरकुमार खत्री सदस्य छन् ।कार्यदलले मुद्रा र पूँजी बजारको समस्या समाधानका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन तीन खण्डमा बाँडेर सुझाब दिने संयोजक श्रेष्ठले जानकारी दिए । डेपुटी गभर्नर श्रेष्ठका अनुसार, ब्याज दर स्थायित्व र पूँजी बजार सुधारका लागि थुप्रै सुझाबहरु आएका छन् । यसमध्ये कार्यान्वयन गर्न सकिने सुझाबहरुलाई प्रतिवेदनमा समेटेर समस्या समाधान गरिने छ ।

कार्यदलले प्राथमिकता प्राप्त क्षेत्रको ऋणको ब्याज नबढ्ने उपायसहित सुझाब दिन लागेको छ । कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) मा पनि केही लचकता अपनाउन भनेको छ । ऋणको ब्याज घटाउन स्प्रेडलाई कम गर्ने उपाय पनि प्रतिवेदनमा परेको छ । अर्थमन्त्रीले कार्यदल गठन गरेपनि त्यसबाट आएको सुझाबलाई कसरी कार्यान्वयन गरिने भन्ने स्पष्ट पारेका छैनन् । कार्यदलका सदस्यहरुका अनुसार, समय तालिका बनाएर कार्यान्वयन गरिने आश्वासन मात्र आएको छ । बैंकर्स संघले कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० बाट बढाउनु पर्ने, कल डिपोजिटको ब्याजलाई ९१ दिने ट्रेजरी बिलको दरसँग समायोजन गर्नु पर्ने, पुनर्कर्जा कोषको रकम बृद्धि गर्नु पर्नेजस्ता सुझाबहरु दिएका छन् ।

शेयर लगानीकर्ताहरुले शेयर धितो ऋणमा लचकता अपनाउनु पर्ने, ब्रोकरमार्फत हुने मार्जिन लेण्डिङ सुरुवात गर्नु पर्नेलगायतका माग राखेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।