logo

मुद्रा र पूँजी बजार क्षेत्रका मागहरु समेटेर तयार पारिएको प्रतिवेदन आज अर्थ मन्त्री खतिवडालाई बुझाइने 

    1998   पटक पढिएको

४ पुस अर्थ र व्यापार  - अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको मुद्रा र पूँजी बजारका समस्या पहिचान गरी समाधानसहितको सुझाब दिन बनाएको कार्यदलले आज ४ बजेपछि प्रतिबेदन बुझाउने जनाइएको छ ।

अर्थमन्त्रालयमा अर्थमन्त्री खतिवडालाई कार्यदलका संयोजक शिवराज श्रेष्ठले प्रतिवेदन बुझाउने छन् । सुझाब बुझाएलगत्तै उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक बस्ने छ । यो समितिमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईलगायत छन् ।

अर्थमन्त्रीले अघिल्लो बिहीबार डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएका थिए । कार्यदलमा धितोपत्र बोर्डका अध्यक्ष कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, शेयर लगानीकर्ताहरुका प्रतिनिधि र मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री सदस्य थिए ।

कार्यदलले मुद्रा र पूँजी बजार क्षेत्रका मागहरु समेटेर प्रतिवेदन तयार पारेको छ । तत्कालका लागि स्प्रेड दर घटाउनु पर्ने, उत्पादनमूलक क्षेत्रमा ऋण बिस्तार गर्नु पर्ने, आयात कटौती गर्नु पर्ने, शेयर बजारको ऋण खुकुलो बनाउनु पर्ने जस्ता सुझाबहरु दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।