logo

नाट्टालाई विधान सम्मत गैह्र राजनीतिक र विशुद्ध व्यवसायिक संस्थाका रुपमा अघि बढाउछौं

दीपेन्द्र कुमार घिमिरे (डि.के शर्मा), अध्यक्ष पदका उम्मेदवार, नाट्टा निर्वाचन–२०७४

    2519   पटक पढिएको

आगामी पुष २८ गते हुने नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को निर्वाचनमा नाट्टाका वर्तमान द्वितीय उपाध्यक्ष दीपेन्द्र कुमार घिमिरे (डि.के शर्मा) प्यानल सहित अध्यक्ष पदका उम्मेद्वार हुन् । डिके ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक शर्मा संग अर्थ र व्यापारले उनको चुनावि एजेण्डा तथा निर्वाचनका सन्दर्भमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादीत अंश :

० यसपटक नाट्टामा सहमतिमा नयाँ नेतृत्व आउने चर्चा चले पनि अन्त्यमा फेरि चुनाव हुने अवस्था कसरी आयो ?

नाट्टाको आगामी निर्वाचनका लागि यता सहमति हुँदैछ भनेर वर्तमान कार्यसमितिलाई नै थाहा दिईएन । हामीलाई थाहै नदिइकन सहमतिको नाममा राजनीतिक भागबण्डाको आधारमा नाट्टाको नयाँ कार्यसमिति ल्याउन खोजेपछि नाट्टालाई राजनीतिक भागबण्डा भन्दा बाहिर राख्ने उद्देश्यका साथ व्यवसायिहरुको चाहनामा हाम्रो समुह खडा भएको हो । नाट्टालाई विधान सम्मत गैह्र राजनीतिक र विशुद्ध व्यवसायिक संस्थाका रुपमा अघि बढाउने उद्देश्यका साथ हामी चुनावमा होमिएका हौं ।

० चुनावमा प्यानल सहित अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै गर्दा तपाईंको समुहको चुवावी एजेण्डाहरु के–के छन ?

संघका नियमित कामहरु बाहेक सिमित समय भित्र सिमित स्रोत साधनले गर्न सकिने ऐजेण्डाहरु हामीले तय गरेका छौं । नाट्टालाई राजनैतिक संक्रमणवाट जोगाउने र संस्थालाई विधानसम्मत रुपमा अराजनैतिक संस्थाकै रुपमा अगाडी बढाउने हाम्रो प्रमुख एजेण्डा हो । त्यसवाहेक पर्यटन विभागले खारेज गरेका सम्पूर्ण ईजाजत पत्रहरुलाई हामीले यथाशिघ्र नविकरणको अवसर सिर्जन ागर्ने,पर्यटन व्यवसायिले आन्तरिक र बाह्य पर्यटन प्याकेजमा लाग्ने करहरुको सहुलियत तर्फ सम्बन्धित सरकारी निकाय संग समन्वय गििर कार्यान्वयन गर्ने,पर्यटन उद्योगलाई राज्यको प्राथमिक उद्योगमा परिणत गर्न अर्थपूर्ण लविङ गर्ने तथा व्यवसायिका अन्य समस्याहरु सम्बोधन गर्ने नै हाम्रा मुख्य एजेण्डाहरु हुन ।


० तपाईंको समुहको विजयको आधार के हो ?

हाम्रो मुख्य जित्ने आधार भनेको हाम्रो समुह विशुद्ध व्यवसायिक,गैह्र राजनीतिक र समावेशी छ । हाम्रो समुहमा सबै टिकेटिङ, टुर, ट्राभल सबै क्षेत्रका व्यवसायिहरु हुनुहुन्छ । नाट्टाका आम सदस्यहरुले नाट्टालाई विशुद्ध गैह्र राजनीतिक रुपमा अगाडी बढाउन चाहने हाम्रो समुहलाई मत दिनुहुनेछ भन्ने नै हाम्रो विजयको आधार हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।