नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा भिसा वेयरेबल स्टिकर ‘एनआईएबी पेवियर’ को आधिकारिक रूपमा सार्वजनिक गरेको छ । बैंकले पहिलो पटक सो सेवा सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बंैकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावरका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरू प्रवर्धन गर्न समझदारीमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले किसान सरल कर्जा योजना ल्याएको छ । बैंकले कृषि क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यसहित अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी नयाँ योजना ल्याएको हो।
ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध प्याथोलोजी परीक्षण शुल्कमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौमा सो साधारण सभा सम्पन्न भएको हो । सो साधार सभाबाट आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । सोमबार साँझा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयर धनीलाई चुक्ता पूँजीको ५ दशमलब ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कुमारी बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई शुभकामना स्वरुप दसैं दक्षिणा अफर ल्याएको जनाएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा एकैसाथ दुईवटा नयाँ शाखा कार्यालय सुरु गरेको छ ।
आईएमई ग्रुप,ग्लोबल आईएमई बैंक र आबद्ध कम्पनीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष ५ करोड रुपैयाँ राहत सहयोग रकम प्रदान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपैयाँको चेक हस्तान्तरण भएको छ ।
कुमारी बैंकले युसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंको लाजिम्पार्टस्थित केन्द्रिय कार्यालयसँगै देशभरका शाखा कार्यालयहरुमा समेत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाइएको हो ।
ग्लोबल आइएमई बैंकका ग्राहकहरूले नेपाल मणिपाल शिक्षण अस्पतालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपालमा दुई पाइपलाईन विस्तार गर्न भारत सरकारले अनुदान उपलब्ध गराउने भएको छ । बिहीरबार इण्डियन आयल कर्पाेरेशनका निर्देशक सेन्थल कुमार नेपाल आयल निगमकका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टबीच नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता विस्तारसम्बन्धि सम्झौता भएको हो ।
नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बरगाछी– रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी – रानी ६ लेन सडकमा बृक्षरोपण कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहक र तिनका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट शुभारम्भ गरेको छ । बैंकले प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपैयाँसम्म दिने गरी एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत ‘प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट शुभारम्भ गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार र शनिबार परेको अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरूको राहतका लागि सरकारलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक ग्राहकले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्ने सो बैंकले जनाएको छ ।
कुमारी बैंकले दसैं उत्सव क्यासब्याक अफर संचालनमा ल्याएको छ। यो अफर घटस्थापनादेखि महानवमीसम्म संचालनमा रहने सो बैंकले जानकारी दिएको छ।