सिटिजन्स बैंक इन्टरनेसनल बैंक लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव तथा दसैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहककालागि क्यासब्याकदेखि छुटका अफर सार्वजनिक गरेको छ।
नबिल बैंक लिमिटेडका ग्राहकहरुले ¥याडिसन होटलमा उपलब्ध सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र ¥याडिसन होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।
एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौँमा सम्पन्न सो कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवं निर्णायक व्यक्तित्वहरुको उपस्थिति थियो ।
महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रर्वधन गर्न सहकार्य भएको छ ।
वाणिज्य बैंकहरूले साउनमा ९ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिनामा बैंकहरूले सो नाफा आर्जन गरेका हुन् ।
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् ।
कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।
सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले पोष्टम इन्फोसिससँग साझेदारी थालेको छ। साझेदारीले पोष्टम एप प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकमा रहेको उनीहरुको खातामा ल्याउन मद्दत गर्नेछ।
लक्ष्मी सनराइज बैंकले वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण गरेको छ।
बैंकहरूले ऋण लगानी गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।
कृषि विकास बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त्त भएका छन्। गत २० भदौमा बसेको
नेपाल राष्ट्र बैंकले आगामी १३ असोजदेखि दशैँलक्षित सुकिला नोट सटही सुविधा खुला गर्ने भएको छ ।
गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कुमारी बैंक लिमिटेडका ग्राहकले धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरुले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाउने भएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौतामा
सानिमा बैंकले आफ्ना ग्राहकहरुले श्री एयरलाइन्समा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको हो ।
सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटल प्रालि (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक)को लगानी रहेको म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँचवटा थप सुविधा थप गरेर विशेष योजना सार्वजनिक गरेको छ।
वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले एभरेष्ट बैंकले यो वर्ष लाभांश घोषणा गरेको छ ।
कुमारी बैंकले उद्यमशीलता प्रवर्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने भएको छ। बैंकले हाल ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरताकार्यक्रम सञ्चालन गरिरहेको छ।