५ माघ/अर्थ र व्यापार – कुमारी बैंकका ग्राहकले सूर्यविनायक मिसन हस्पिटलमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले अस्पतालले उपलब्ध गराउने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् । यस सम्बन्धमा बैंकले अस्पतालसँग सम्झौता गरेकोजनाएको छ ।
यस सम्झौता अनुसार आफ्ना ग्राहकले सूर्यविनायक मिसन हस्पिटलमा प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी र ओपीडी टिकटमा २० प्रतिशत तथा औषधिमा १० प्रतिशत छुट पाउने छन् । यसैगरी, सो बैंकले प्रेस विज्ञप्ति मार्फत यो सुविधाबारे जानकारी गराएको हो । यस्तो छुट सुविधाका लागि बैंकका ग्राहकले डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्नुपर्ने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया