logo

सिक्किममा पहिलो विमानस्थल निर्माण सम्पन्न,

    1770   पटक पढिएको

 

कात्तिक १५ / अर्थ र व्यापार - गान्तोक । भारतको हिमाली राज्य सिक्किममा पहिलो विमानस्थल निर्माण सम्पन्न भएको छ ।
सन् २०१२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा पाँच वर्ष ढिलो गरी उक्त विमानस्थल तयार भएको हो । पाकयोङस्थित विमानस्थलको उद्घाटन ३० नोभेम्बरमा हुने सरकारी अधिकारीहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विमानस्थल उद्घाटन गर्ने तयारी छ ।

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ ७ नोभेम्बरमा नयाँदिल्ली जाने तयारीमा छन् । राज्यलाई अर्गा्निक क्षेत्र बनाउन सफलता पाएका उनी १९ औं अर्गा्निक सम्मेलनमा भाग लिन नयाँदिल्ली जान लागेका हुन् ।
पाकयोङ विमानस्थललाई विकासमा उनको अर्को सफलताका रुपमा हेरिएको छ । ९ सय ९० एकर्डमा फैलिएको विमानस्थल राजधानी गान्तोकबाट ३५ किमि टाढा पर्छ । त्यसको लागत तीन करोड भारतीय रुपैयाँ मात्र हो । र, समुद्री सतहबाट ४७ सय फिटको उचाइमा अवस्थित छ ।

उक्त विमानस्थललाई सिक्किमको पर्यटन प्रबर्द्धनमा कोशेढुंगाका रुपमा पनि हेरिएको छ । अहिले भारतभर जहाँ जानु परे पनि एक सय २४ किमि टाढास्थित बागडोगरा विमानस्थल पुग्नु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।