logo

श्रीलंकामा बाढीपहिरो, सरकारले माग्यो सहयोग

    1464   पटक पढिएको

जेष्ठ १७- श्रीलंकामा मनसुन पूर्वको भीषण वर्षापछिको बाढी र पहिरोमा परेका व्यक्तिको उद्धारको लागि सरकारले स्वयंसेवकलाई सहयोगको याचना गरेको छ । 

श्रीलंकामा आएको बाढीपहिरोमा परी हालसम्म १ सय ८३ व्यक्तिको मृत्यु भइसकेको छ । लाखौं सर्वसाधारण सफा पानी पिउनबाट पनि वञ्चित भएका छन् । बाढीको कारण खानेपानीका जलस्रोत दूषित हुन नदिन सरकारी टेलिभिजनबाट उद्धार कार्यमा संलग्न सहयोगीलाई पानीका स्रोत सफा राख्न अनुरोध गरिएको छ । 

श्रीलंकाको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डीएमसीे) का अनुसार प्रकोपका कारण करिब ६ लाख व्यक्ति विस्थापित भएका छन् । अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइरहेका छन् । एक दशकयता आएको भीषण बाढीपहिरोबाट अन्यन्त प्रभावित द्वीपबाट विस्थापितहरूलाई उद्धार साम्रगी आपूर्तिका लागि हजारौं सैनिक तैनाथ छन् । 

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा करिब पाँच ६ लाखभन्दा बढीलाई बाढीपहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । ती व्यक्तिको उद्धार सामग्री आपूर्तिका लागि हजारांै सैनिक तैनाथ गरिएका छन् । उक्त बाढी र पहिरोमा परी १ सय १० जना हराइरहेको डीएमसीले मंगलबार बताएको छ । प्रकोपमा परी घाइते भएका करिब १ सयलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय संघसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाको खोजीलाई निरन्तरता दिएको छ ।     संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ संगठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले यस बाढीपहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।