logo

साउदी अरेबियाद्धारा दुई हप्तादेखि बन्द अन्तर्राष्ट्रिय उडान आज बाट खुला

    1899   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार– साउदी अरेबियाले दुईहप्ता देखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान आजबाट खुला गरेको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएसँगै साउदीले सबै मार्गबाट साउदी प्रवेशमा रोक लगाएको थियो। जसअनुसार साउदीले स्वास्थ्य सतर्कता अपनाउँदै डिसेम्बर २० देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेकोमा आज स्थानीय समयअनुसार आज ११ बजेबाट अन्तर्राष्ट्रिय उडान खुला गरेको हो ।

स्थानीय पत्रिका साउदी ग्याजेटले युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देशका नागरिकलाई साउदी प्रवेश गर्नुभन्दा पहिले १४ दिनसम्म ती देशभन्दा बाहिर बस्नुपर्ने बताएको छ ।

यस्तै, ती देशबाट आउने साउदीका नागरिकले पनि १४ दिनसम्म आफ्नो घरमा क्वरेण्टीनमा बस्नुपर्ने साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो बीचमा क्वेरीण्टीनमा बसेको ४८ घण्टा र तेह्रौं दिनमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।

युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देश बाहेकका देशबाट आएका यात्रुलाई भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेण्टीन अनिवार्य गरेको छ ।

यस्तै, साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि एकतर्फी उडान गत डिसेम्बर २९ देखीनै खुला गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।