logo

कतार तेल उत्पादक राष्ट्रहरुको समूह ओपेकबाट बाहिरिने

    1443   पटक पढिएको

१७ मंसिर/ अर्थ र व्यापार - विश्वकै सबैभन्दा बढी प्राकृतिक ग्यास निर्यात गर्ने देश कतारले तेल उत्पादक राष्ट्रहरुको समूह ओपेकबाट बाहिरिने निर्णय गरेको छ ।

कतारका उर्जामन्त्री साद अल काबीले सन् २०१९ देखि कतार ओपेकबाट बाहिरिने पुष्टि गरेका छन् । कतारले अब प्राकृतिक ग्यास उत्पादनमा विशेष ध्यान दिन तेल उत्पादकको संगठन छोड्न लागेको निर्णय गरेको उनले बताए । उनले भने ‘कतारले सन् २०१९ को जनवरीमा ओपेकको सदस्यता फिर्ता गर्ने निर्णय गरेको छ। हामीले ओपेकलाई यसबारे जानकारी दिइसकेका छौ ।’

आगामी ६ डिसेम्बरमा हुन लागेको ओपेक देशहरुको बैठक अघि कतारले यति ठूलो निर्णय गरेको हो । कतार ओपेक स्थापना भएको एक वर्षपछि सन् १९६१ मा ओपेकको सदस्य बनेको थियो। ओपेकबाट बाहिरिने कतार पहिलो सदस्य देश बनेको छ ।
साउदी, अरब, यूएइ, बहराइन तथा इजिप्ट जस्ता छिमेकी देशहरुसँग कतारको कुटनीतिक सम्बन्ध लगातार बिग्रिरहेको छ । ति देशहरुले कतारसँग ब्यापारिक तथा अन्य सम्बन्ध तोडेका छन्।  

यस्तो अवस्थामा कतारले  कच्चा तेलको उत्पादन जारी नै राख्ने तर प्राकृतिक ग्यास उत्पादनमा धेरै ध्यान दिने बताएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।