logo

चाइना साउदर्नद्धारा नेपालसहित २१ मुलुकका लागि चीनमा हुने ट्रान्जिट उडानमा रोक

    1973   पटक पढिएको


१८ कात्तिक/अर्थ र व्यापार– चाइना साउदर्नले नेपालसहित २१ मुलुकका लागि चीन ट्रान्जिट भएर तेस्रो मुलुकका लागि हुने उडान बन्द गरेको छ । 

चीनको नागरिक उड्डयन प्राधिकरणले केही कम्पनीका उडानमा रोक लगाएसंगै चाइना साउदर्नले पनि मंगलबारबाटै लागू हुने गरी नेपालसहित २१ मुलुकका लागि चीन ट्रान्जिट भएर तेस्रो मुलुकका लागि हुने उडान रोकेको हो ।

रोक लगाइएको मुलुकमा नेपालसहित भारत र बंगलादेश, फिलिपिन्स, रुस, अफ्रिकी मुलुक घाना, इथियोपियासहित १० मुलुक रहेका छन् । 

यसअघि बंगलादेशको ढाका, टर्कीको इस्तानबुल र रुसको मस्कोबाट आएका जहाजमा कोरोना भाइरस पोजेटिभ संक्रमित भेटिएका थिए । 

चिनियाँ सरकारी संचारमाध्यम ग्लोबल टाइम्सका अनुसार पछिल्लो समय यूरोपमा बढिरहेको कोरोना भाइरसको दोस्रो लहरले चीनमा संक्रमित भित्रिन सक्ने जोखिम निम्त्याएको जनाएको छ । 

अहिले चीन जान पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य गर्नुका साथै एन्टीबडी परीक्षणको रिर्पोटसमेत अनिवार्य गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।