logo

प्राधिकरणद्धारा साढे ४६ अर्ब सञ्चित नाफाको हिसाबसहित श्वेतपत्र तयार

    821   पटक पढिएको


१५ बैशाख/अर्थ र व्यापार – नेपाल विद्युत् प्राधिकरणले आफू साढे ४६ अर्ब सञ्चित नाफाको अवस्थामा रहेको हिसाबसहित श्वेतपत्र तयार गरेको छ । प्राधिकरणका सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री दीपक खड्काले यसअघिका कार्यकारि निर्देशक कुलमान घिसिङमाथि काजगी नाफा देखाएको आरोप लगाउँदै आएपनि सोमबार उनकै अध्यक्षतामा बसेको बैठकले सञ्चित नाफा साढे ४६ अर्ब रहेको विवरणसहितको श्वेतपत्र स्वीकृत गरेको हो ।
सञ्चालक समितिको स्वीकृत गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस श्वेतपत्र जारी गर्दैछन् । जसमा सञ्चित मुनाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख छ।
यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि आफूले नेतृत्व सम्हाल्दा प्राधिकरण ३४ अर्ब सञ्चित नोक्सानीको अवस्थामा रहेकामा ८ वर्षमा करिब ४७ अर्ब सञ्चित नाफामा पुगेको विवरण सार्वजनिक गरेका थिए । तर, मन्त्री खड्काले कुलमानले सार्वजनिक गरेको विवरणलाई प्रतिनिधि सभाको बैठकमै कागजी भनेका थिए।
सोमबार उनै खड्काले कुलमानले भने बमोजमिकै सञ्चित मुनाफालाई सदर गरी श्वेतपत्रलाई अन्तिम रुप दिएका हुन्। खड्काले मन्त्रिपरिषद्बाट निर्णय गराइ चैत ११ गते कुलमानलाई बर्खास्त गरेका थिए। त्यही दिन हितेन्द्रदेवलाई कार्यकारी निर्देशक बनाइएको थियो ।
कार्यकारी निर्देशक शाक्यले पदबहाली गरेकै दिन राति बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणको श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो ।
सञ्चालक समितिले स्वीकृत गरेको श्वेतपत्र अनुसार प्राधिकरणमा सरकारको सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी (लगानी) २ खर्ब ५९ अर्ब १० करोड रुपैयाँ छ । प्राधिकरणमा सरकारको २ खर्ब ४८ अर्ब १२ करोड ऋण लगानी छ । जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत रहेको श्वेतपत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०÷८१ सम्म प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब छ । स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेकामा पुनर्मूल्यांकनबाट करिब ९९ अर्ब ४६ करोड थप भएको छ, जुन लेखांकन हुन बाँकी छ ।
यसैगरी, प्राधिकरण मातहत करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजना छन्। श्वेतपत्र अनुसार प्राधिकरणले उठाउनु पर्ने बक्यौता रकम गत फागुनसम्म ४४ खर्ब ५४ करोड रुपैयाँ छ । त्यसमध्ये २३ अर्ब ४४ करोड रुपैयाँ डेडिकेटेड फिडर तथा ट्रंक लाइनतर्फको हो।
सो श्वेतपत्र बमोजिम कुलमानले उद्योगको लाइन काटेर बक्यौता उठाउन खोज्दा मन्त्री खड्कादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले भाँजो हालेका थिए । यसबाहेक नियमिततर्फ १२ अर्ब ४९ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ । यस्तै कोभिडको समयमा चिस्यान केन्द्र लगायथमा दिएको छुट सरकारले सोधभर्ना गर्ने भनिए पनि प्राधिकरणले हालसम्म प्राप्त गर्ने सकेको छैन। प्राधिकरणले चिस्यान केन्द्रलाई दिएको सहुलियतबापत सरकारबाट १४ अर्ब १० करोड रुपैयाँ सोधभर्ना पाउन बाँकी छ ।
प्राधिकरणले उठ्न बाँकी बक्यौता रकमलाई आयमा समावेश गरेको श्वेतपत्रमा उल्लेख छ। श्वेतपत्रमा उल्लेख भएअुनसार प्राधिकरणले चालु आवको फागुन मसान्तसम्म गरिएका ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
प्राधिकरणको केन्द्रीय कोषमा करिब १० अर्ब १० करोड मौज्दात रहेको र त्यसमध्ये डलर र मुद्दती खातामा ३ अर्ब ६८ करोड रुपैयाँ, धरौटी खातामा ३ अर्ब ९५ करोड तथा अन्य कल÷चालु खातामा २ अर्ब ४७ करोड रुपैयाँ छ । सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब रुपैयाँ र टनकपुर विद्युतबापत ३ अर्ब रुपैयाँ गरी कुल ३२.५ अर्ब रुपैयाँ दायित्व बाँकी छ ।
सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड रुपैयाँ र सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रुपैयाँ गरी २ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब छ । यसको अलावा २०८०/८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ । प्राधिकरणविरुद्ध विभिन्न अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकमसहितका मुद्दाहरुको सम्भावित दायित्व ८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवर्धनका लागि कुल ४१ अर्ब १३ करोड बराबरको संस्थागत जमानत प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।