logo

एडीबीका नेपाल निर्देशकसँग ऊर्जामन्त्री खड्काले भने:आयोजनामा देखिएका समस्या समाधान गर्छौं

    459   पटक पढिएको

१९ भदौ/अर्थ र व्यापार – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास आयोजनामा ढुक्क भएर लगानी गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।
उनले बुधबार नेपालका लागि एडीबीका नेपाल निर्देशक अर्नाउड काउकोइससँगको छलफलमा आयोजनामा दिएका समस्या सरकारले समाधान गर्ने भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।
उनले एडीबीको लगानीमा निर्माणाधीन आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको छ। निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्छ। आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तर मन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने जानकारी गराए ।
उनले दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले विकास आयोजनामा ढुक्क भएर लगानी गर्न एडीबीलाई आग्रह गरे । काउकोइसले एडीबीको सहयोगमा सञ्चालित आयोजना निर्माणमा देखिएका समस्याबारे जानकारी गराएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
सो छलफलमा उर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र ऊर्जा विज्ञ प्रवल अधिकारी पनि सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।