logo

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्राउन भारतीय व्यवसायीसँग इप्पानको आग्रह

    695   पटक पढिएको


२२ चैत/अर्थ र व्यापार – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्राउन भारतीय व्यवसायीसँग आग्रह गरेको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर आएको बताए ।
बुधबार नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको ‘द पावर समिट २०२४’ मा अध्यक्ष कार्कीले ऊर्जामा ठुल्ठूला आयोजना अघि बढेकाले भारतीय लगानीकर्ता र व्यवसायीका लागि अहिले सबैभन्दा ठूलो अवसर आएको बताए ।
‘नेपालमा सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन लक्ष्यसहित मार्गचित्र तयार भइसकेको छ, यसले भारतीय लगानीकर्तालाई लगानीका लागि ठूलो अवसर निर्माण भएको छ,’ कार्कीले भने, ‘ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेसिन र उपकरण समेत भारतबाटै आउने हुनाले व्यापार र व्यवसायका लागि पनि ठूलो अवसर सिर्जना हुँदैछ ।’
नेपालले उत्पादन गर्ने सो परिमाणको विद्युतमध्ये १५ हजार मेगावाट भारत र बंगलादेशमा निर्यात गर्ने उद्देश्य राखेको र भर्खरै नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् खरिद–बिक्रीको दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएकाले भारतीय लगानीकर्ताले आँखा चिम्लेर नेपालमा लगानी गर्दा पनि फरक नपर्ने कार्कीको भनाइ छ ।
नेपालमा अहिले करिब ३ हजार मेगावाट विद्युत् उत्पादन हुँदा २ हजार ३ सय मेगावाट निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको, ३ हजार ३ सय मेगावाट निर्माणाधीन, ३ हजार ६ सय मेगावाटका आयोजना वित्तीय व्यवस्थापन पर्खाइमा र १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा छन् ।
सबै गरी ३० हजार मेगावाट विद्युत् आयोजना विभिन्न चरणमा रहेको र तत्कालै लगानी गरेर विकास गर्न सकिने ‘रेडी टु गो’ आयोजना संख्या समेत धेरै रहेकाले भारतीय लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न कार्कीले आग्रह गरे ।
ऊर्जा उत्पादकहरूको छाता संस्थाको हैसियतमा इप्पानले नेपाल आउने जोसुकै लगानीकर्तालाई पनि सहजीकरण र सहयोग गर्ने पनि उनले बताए ।
अहिले नेपाल र भारतबीच अन्तरदेशीय विद्युत् व्यापार सम्झौता अन्तर्गत १ हजार मेगावाटसम्म विद्युत् आदान प्रदान भइरहेको स्मरण गराउँदै इप्पान अध्यक्ष कार्कीले निजी क्षेत्र पनि भारतीय निजी क्षेत्रसँग मिलेर ऊर्जा विकासमा सहकार्य गर्नुका साथै विद्युत व्यापारमा पनि सहभागिताका लागि अघि बढेको बताए ।
उनले भारतसँगको विद्युत् आदान प्रदानका लागि नेपालमा पाँच कम्पनी स्थापना भइसकेको र अनुमतिपत्र कुरिरहेको जानकारी दिए । इप्पान अध्यक्ष कार्कीले आगामी १२, १३ र १४ वैशाखमा इप्पानले ‘हिमालयन हाइड्रो एक्स्पो’ आयोजना गर्ने जानकारी दिए । यसमा सहभागी हुन लगानीकर्ता, उत्पादनकर्ता, आपूर्तिकर्ता लगायतलाई उनले आग्रह गरे ।
भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले नेपालमा ऊर्जामा लगानी गर्न उपयुक्त वातावरण रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
‘अहिले नेपालमा ऊर्जामा लगानी गर्न उपयुक्त वातावरण बनेको छ, लगानी सम्मेलन लक्षित विभिन्न कानुन समेत संशोधन हुन लागेका छन्, अझ सहज वातावरण बन्दै छ,’ उनले भने, ‘नेपालमा धेरै लगानीयोग्य आयोजना छन्, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’
समिटमा भारतको ऊर्जा मन्त्रालयका श्रीकान्त नागुलापालीले ऊर्जामा दुई देशबीच सहकार्य, समन्वय र सहजीकरण भइरहेको र भविष्यमा पनि यसैगरी अघि बढ्ने बताए ।
अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले नेपालमा ऊर्जामा लगानीको ठूलो सम्भावना देखेको बताउँदै लगानीको लागि आफूहरू इच्छुक रहेको बताए । लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै लगानी सम्मेलनमा आउन आह्वान गरे ।
केयर रेटिङ लिमिटेडका वरिष्ठ निर्देशक सव्यासची मजुमदारले नेपालको ऊर्जा विकासका लागि रेटिङ महत्वपूर्ण हुने बताए । समिटमा नेपाल र भारतका ऊर्जा सम्बन्धित सरकारी तथा निजी क्षेत्रका १ सय ५० भन्दा बढी प्रतिनीधि सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।