logo

पिक समयमा ६ सय मेगावाट बिजुली भारतबाट नआउँदा पनि लोड व्यवस्थापन गर्न प्राधिकरणलाई सफलता, शनिबार ‘ट्रायल’

    874   पटक पढिएको


२० चैत/अर्थ र व्यापार – भारतले दिउँसो मात्रै बिजुली दिए पनि नेपाल विद्युत प्राधिकरणले लोड व्यवस्थापन गर्न सफल भएको छ । आन्तरिक उत्पादन र भारतको सीमा क्षेत्रका केही राज्यबाट बिजुली ल्याएर प्राधिकरण लोड व्यवस्थापन गर्न सफल भएको हो।
प्राधिकरणसँगको विद्युत आयात सम्झौता भारतले बिहीबार तीन महिनाका लागि नवीकरण गर्दै ५ सय ५४ मेगावाट बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै दिने निर्णय गरेको थियो।
यो निर्णयसँगै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शनिबार स्युचाटारको भारप्रेषण केन्द्र पुगेर ट्रायल गरेर हेरेका थिए।
त्यो बेलामा पिक आवरमा तीन सय मेगावाटसम्मको सर्टफल हुने देखिएको थियो। ‘तीन सय मेगावाटसम्म सर्टफल देखिएको थियो। त्यही आधारमा केही औद्योगिक क्षेत्रका ठूला उद्योगलाई कम बिजुली खपत गर्न भनिएको थियो,’ प्राधिकरण स्रोतले भन्यो।
प्राधिकरणले दिउँसोका लागि भने भारतबाट ५ सय ५४ मेगावाट नै बिजुली आयात किनेर ल्याइरहेको छ। ‘भारतले ६ सय मेगावाट बिजुली पिक आवरमा नदिँदा कहाँ कहाँ असर गर्छ भनेर शनिबार नै ट्रायल भएको थियो। त्यही ट्रायललाई आइतबार गरेर समस्या नहुने निष्कर्षमा पुगिएको थियो,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘त्यही भएर सोमबार राती पिकको बेलामा पनि कुनै समस्या भएन।’
७ वर्षअघि लोड व्यवस्थापन मिलाएर कुलमान घिसिङले देशलाई लोडसेडिङ मुक्त गरेका थिए। उनले सोमबार पनि त्यही रणनीति अख्तियार गरेका थिए। प्राधिकरण स्रोतका अनुसार औद्योगिक क्षेत्रका कार्यालय प्रमुखहरुलाई कुनै समस्या आएमा उद्योगमा बिजुली घटाउन समेत निर्देशन दिइएको थियो। त्यही भएर कतिपय औद्योगिक क्षेत्रमा दिउँसोमा मात्रै उद्योग चलाउन आग्रह गरिएको थियो।
अर्घाखाँची सिमेन्टका संचालक राजेश अग्रवालले विहान ६ देखि साँझ ६ बजेसम्म उद्योग चलाएर सहयोग गरिदिन आग्रह गरिएको बताए । ‘हामीलाई दिउँसो मात्रै उद्योग चलाउन आग्रह गरिएको छ। हामीले उहाँहरुको आग्रहलाई मान्छौं,’ उनले भने। यो बाहेक वीरगंज औद्योगिक क्षेत्रमा विगतको जस्तै बिजुली कटौती गरिएको छ।
वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुबोध गुप्ताले विहान ७ देखि ११ बजे र बेलुका ६ देखि ९ बजेसम्म बिजुली काटिएको जानकारी दिए। ‘यो विगतदेखिकै लोडसेडिङ हो। यो बाहेक थप भएको छैन,’ उनले भने। विराटनगर औद्योगिक क्षेत्रमा भने सोमबार साँझ ६ बजेदेखि गएको बिजुली अहिलेसम्म पनि आएको छैन। प्राधिकरणका अनुसार सबस्टेशनमा समस्या आएर बिजुली कटौती भएको हो।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले आन्तरिक उत्पादनबाट लोड व्यवस्थापन भएको बताउँदै सबस्टेशनमा समस्या आएर केही औद्योगिक क्षेत्रमा समस्या भएको बताए।
‘हामीले आन्तरिक उत्पादनबाट लोड व्यवस्थापन गर्न सफल भएका छौं। केही औद्योगिक क्षेत्रमा फरक परिस्थितिका कारण बिजुली नभएको हो,’ उनले भने, ‘हामी उद्योगलाई सकभर अहिले दिइरहेको बिजुली दिन्छौं। फरक परिस्थिति भएमा केही कटौती हुनसक्छ।’
उनले दुई साता बिजुली व्यवस्थापन गर्न केही कठिनाइ हुने बताउँदै पानी परेपछि आपूर्ति सहज हुने जिकिर गरे। घोषका अनुसार बेलुका केही पिकिङ रन अफ दि रिभर चलाएर लोड व्यवस्थापन भएको हो।
पिकिङ रन अफ दि रिभर प्रकृतिका माथिल्लो तामाकोसी, कालिगण्डकी, मध्यमर्स्याङ्दी, चिलिमे र त्रिशूली आयोजनाका प्लान्ट दिउँसो बन्द गरिएका थिए। यी सबै आयोजना पिक आवर साँझ ६ देखि ९ बजेसम्म संचालन गरिएको थियो। राती साढे १२ देखि बिहान ४ बजेसम्म यी आयोजना बन्द भए। बिहान ४ बजेदेखि ६ बजेसम्म अवस्था हेरेर यी आयोजना संचालन गरिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।