logo

पिक समयमा ६ सय मेगावाट बिजुली भारतबाट नआउँदा पनि लोड व्यवस्थापन गर्न प्राधिकरणलाई सफलता, शनिबार ‘ट्रायल’

    508   पटक पढिएको


२० चैत/अर्थ र व्यापार – भारतले दिउँसो मात्रै बिजुली दिए पनि नेपाल विद्युत प्राधिकरणले लोड व्यवस्थापन गर्न सफल भएको छ । आन्तरिक उत्पादन र भारतको सीमा क्षेत्रका केही राज्यबाट बिजुली ल्याएर प्राधिकरण लोड व्यवस्थापन गर्न सफल भएको हो।
प्राधिकरणसँगको विद्युत आयात सम्झौता भारतले बिहीबार तीन महिनाका लागि नवीकरण गर्दै ५ सय ५४ मेगावाट बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै दिने निर्णय गरेको थियो।
यो निर्णयसँगै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शनिबार स्युचाटारको भारप्रेषण केन्द्र पुगेर ट्रायल गरेर हेरेका थिए।
त्यो बेलामा पिक आवरमा तीन सय मेगावाटसम्मको सर्टफल हुने देखिएको थियो। ‘तीन सय मेगावाटसम्म सर्टफल देखिएको थियो। त्यही आधारमा केही औद्योगिक क्षेत्रका ठूला उद्योगलाई कम बिजुली खपत गर्न भनिएको थियो,’ प्राधिकरण स्रोतले भन्यो।
प्राधिकरणले दिउँसोका लागि भने भारतबाट ५ सय ५४ मेगावाट नै बिजुली आयात किनेर ल्याइरहेको छ। ‘भारतले ६ सय मेगावाट बिजुली पिक आवरमा नदिँदा कहाँ कहाँ असर गर्छ भनेर शनिबार नै ट्रायल भएको थियो। त्यही ट्रायललाई आइतबार गरेर समस्या नहुने निष्कर्षमा पुगिएको थियो,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘त्यही भएर सोमबार राती पिकको बेलामा पनि कुनै समस्या भएन।’
७ वर्षअघि लोड व्यवस्थापन मिलाएर कुलमान घिसिङले देशलाई लोडसेडिङ मुक्त गरेका थिए। उनले सोमबार पनि त्यही रणनीति अख्तियार गरेका थिए। प्राधिकरण स्रोतका अनुसार औद्योगिक क्षेत्रका कार्यालय प्रमुखहरुलाई कुनै समस्या आएमा उद्योगमा बिजुली घटाउन समेत निर्देशन दिइएको थियो। त्यही भएर कतिपय औद्योगिक क्षेत्रमा दिउँसोमा मात्रै उद्योग चलाउन आग्रह गरिएको थियो।
अर्घाखाँची सिमेन्टका संचालक राजेश अग्रवालले विहान ६ देखि साँझ ६ बजेसम्म उद्योग चलाएर सहयोग गरिदिन आग्रह गरिएको बताए । ‘हामीलाई दिउँसो मात्रै उद्योग चलाउन आग्रह गरिएको छ। हामीले उहाँहरुको आग्रहलाई मान्छौं,’ उनले भने। यो बाहेक वीरगंज औद्योगिक क्षेत्रमा विगतको जस्तै बिजुली कटौती गरिएको छ।
वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुबोध गुप्ताले विहान ७ देखि ११ बजे र बेलुका ६ देखि ९ बजेसम्म बिजुली काटिएको जानकारी दिए। ‘यो विगतदेखिकै लोडसेडिङ हो। यो बाहेक थप भएको छैन,’ उनले भने। विराटनगर औद्योगिक क्षेत्रमा भने सोमबार साँझ ६ बजेदेखि गएको बिजुली अहिलेसम्म पनि आएको छैन। प्राधिकरणका अनुसार सबस्टेशनमा समस्या आएर बिजुली कटौती भएको हो।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले आन्तरिक उत्पादनबाट लोड व्यवस्थापन भएको बताउँदै सबस्टेशनमा समस्या आएर केही औद्योगिक क्षेत्रमा समस्या भएको बताए।
‘हामीले आन्तरिक उत्पादनबाट लोड व्यवस्थापन गर्न सफल भएका छौं। केही औद्योगिक क्षेत्रमा फरक परिस्थितिका कारण बिजुली नभएको हो,’ उनले भने, ‘हामी उद्योगलाई सकभर अहिले दिइरहेको बिजुली दिन्छौं। फरक परिस्थिति भएमा केही कटौती हुनसक्छ।’
उनले दुई साता बिजुली व्यवस्थापन गर्न केही कठिनाइ हुने बताउँदै पानी परेपछि आपूर्ति सहज हुने जिकिर गरे। घोषका अनुसार बेलुका केही पिकिङ रन अफ दि रिभर चलाएर लोड व्यवस्थापन भएको हो।
पिकिङ रन अफ दि रिभर प्रकृतिका माथिल्लो तामाकोसी, कालिगण्डकी, मध्यमर्स्याङ्दी, चिलिमे र त्रिशूली आयोजनाका प्लान्ट दिउँसो बन्द गरिएका थिए। यी सबै आयोजना पिक आवर साँझ ६ देखि ९ बजेसम्म संचालन गरिएको थियो। राती साढे १२ देखि बिहान ४ बजेसम्म यी आयोजना बन्द भए। बिहान ४ बजेदेखि ६ बजेसम्म अवस्था हेरेर यी आयोजना संचालन गरिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।