logo

भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण हुन्छ:ऊर्जामन्त्री बस्नेत

    506   पटक पढिएको


१४ चैत/अर्थ र व्यापार – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग छिट्टै विद्युत् खरिद सम्झौता नवीकरण हुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले विद्युत् खरिद सम्झौता नवीकरणको प्रक्रिया अगाडि बढेको बताएका हुन् ।
भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण नहुने र नेपालमा बिजुली अपुग भएर लोडसेडिङ हुने हल्ला निराधार भएको बताउँदै मन्त्री बस्नेतले भने, ‘हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको छ ।’
उनले नियमित प्रक्रियामा प्रत्येक वर्ष खरिद सम्झौता नवीकरण हुँदै आएकाले यो वर्ष समस्या नहुने बताए । हिउँदयाममा नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाट विद्युत् आयात गर्दै आएको छ । तर, पनि औद्योगिक क्षेत्रहरूमा विद्युत् कटौती भइरहेको व्यवसायीहरूले बताइरहेका छन् ।
ऊर्जामन्त्री बस्नेतले विराटनगर करिडोरमा विद्युत् आपूर्तिमा समस्या रहेको स्वीकार गरे । उनले भने, ‘गत वर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी–पहिरोका कारण जलविद्युत् आयोजनाहरूमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको हो ।’ उनले निजी क्षेत्रमार्फत उत्पादन भएको विद्युत् प्रवाह गरेर करिडोरको माग धान्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।