logo

नेपाल र बंगलादेशबीच विद्युत महसुलमा जुट्यो सहमति

    883   पटक पढिएको


२९ फागुन/अर्थ र व्यापार – नेपाल र बंगलादेशबीच विद्युतको मूल्यमा सहमति भएको छ। नेपालबाट बर्खामा बंगलादेश निर्यात हुने ४० मेगावाट विद्युतको मूल्यमा सहमति भएको हो। सिंगापुरमा भएको ऊर्जासम्बन्धी विश्व बैंकको कार्यक्रममा यस्तो सहमती भएको हो ।
त्यहाँ नेपाल र बंगलादेशबीच सचिवस्तरीय छलफल भएको थियो । नेपालले प्रति युनिट ८ रुपैयाँभन्दा माथि पाउने गरी सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार छिट्टै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर गर्ने तयारी छ। त्यसका लागि बंगलादेशी पक्ष समेत उत्साहित छ। नेपालले प्रति युनिट ८.९६ रुपैयाँदेखि ९.२८ रुपैयाँसम्म प्रस्ताव गरेको थियो।
सो प्रस्तावको फाइनल ‘डिल’ गर्न नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको टोली गत ९ फागुनमा ढाका पुगेको थियो। वार्ता सकारात्मक भए पनि मूल्यमा सहमति हुन सकेको थिएन।
त्यसको केही समयपछि सिंगापुरमा भएको कार्यक्रममा ऊर्जा सचिव गोपाल सिग्देल, प्रबन्ध निर्देशक घिसिङसहितको टोली सिंगापुर पुगेको थियो। जहाँ निर्यात गरिने बिजुलीको मूल्यमा सहमति भएको हो।
नेपालले भारतलाई बर्खामा प्रति युनिट औसत ८.७७ रुपैयाँका दरले ५०० मेगावाटसम्म बिजुली निर्यात गरिरहेको छ। ‘भारतलाई भन्दा कुनै हालतमा कम मूल्यमा दिन नसक्ने हाम्रो अडानमा बंगलादेशका अधिकारीहरु सहमत भएका हुन्,’ छलफलमा सहभागी मन्त्रालयका एक अधिकारीले भने, ‘डलरमा भुक्तानी गर्नुपर्ने सर्त पनि हामीले राखेका छौं।’
बंगलादेशका स्थानीय सञ्चार माध्यमका अनुसार गत साता ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले अर्को महिना नेपालबाट बिजुली लैजाने सम्झौता हुने बताएका छन्। उनले २२ फागुनमा बंगलादेशमा भारतीय प्रतिनिधिसँगको भेटमा यस्तो बताए थिए।
बंगलादेशले छिमेकी मुलुकबाट ६,००० मेगावाट बिजुली लैजाने घोषणा समेत गरेको छ। नेपाल यही बर्खाबाट ४० मेगावाट बिजुली बंगलादेश पठाउने तयारीमा छ। यसअघि बंगलादेशसँग पटक–पटक छलफल भइसकेको छ। भारतको प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्नेछ। भारतले समेत ४० मेगावाटका लागि आफ्नो प्रसारण लाइन प्रयोग गर्न अनुमति दिइसकेको छ । यसबापत उसले ह्विलिङ चार्ज पाउनेछ।
नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता भने हुन सकेको छैन। ऊर्जा सचिव सिग्देलले बंगलादेशसँग छिट्टै नै विद्युत् व्यापार सम्झौता गर्ने गरी तयारी भइरहेको बताए।
उनका अनुसार भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्ने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ। नेपालले ५ वर्षको सम्झौता गरेर बंगलादेशलाई बिजुली दिन लागेको हो।
मिलेसम्म नेपाल, भारत र बंगलादेशका ऊर्जा मन्त्रीको उपस्थितिमा सम्झौता गर्ने तयारी छ। ‘हामी आन्तरिक छलफलमा छौं। तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता गर्न पाए राम्रो सन्देश जाने थियो,’ ऊर्जा मन्त्रालयका उक अधिकारीले भने, ‘यो छलफल मात्रै भएको विषय हो।’
मन्त्रालयका अनुसार ऊर्जा संकट खेपिरहेको बंगलादेशले ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गरेर बिजुली लैजान चाहेको छ। ९,०० मेगावाटको अप्पर कर्णालीको ५०० मेगावाट बिजुली लैजान पीपीए गर्ने तयारी गरेको छ।
यो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआरले पाएकामा आफू एक्लैले नसक्ने भएपछि उसले सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) लाई भित्राएको छ । नेपालले गत २९ पुसमा भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।