logo

१,०६३ मेगावाटको माथिल्लो अरुण आयोजनाको परामर्शदाता छनोट, ज्याला ४ अर्बभन्दा बढी

    870   पटक पढिएको


३ फागुन/अर्थ र व्यापार – संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सुपरिवेक्षणका लागि परामर्शदाता छनोट गरिएको छ।
जर्मनीको ट्राक्टेवल इन्जिनियरिङ, स्पेनको ट्राक्टेवल इन्जिनियरिङ र भारतको वापकोस लिमिटेडको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टीएमएस) र नेपालको जेड कन्सल्टलाई छनोट गरिएको हो।
आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेड र परामर्शदाताबीच बुधबार सम्झौता भएको छ। सम्झौता अनुसार परामर्शदाताले ४ अर्ब २ करोड रुपैयाँ पाउनेछ।
परामर्श सेवाको रकम युरो, डलर र रुपैयाँ गरी तीन वटा मुद्रामा भुक्तानी गर्ने गरी सम्झौता गरिएको छ। २ करोड ३४ लाख युरो, ४ लाख ४५ हजार अमेरिकी डलर र ६४ करोड ३० लाख रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको हो।
परामर्श सेवाको अवधि १ सय १७ महिना हुनेछ। सम्झौता बमोजिम परामर्शदाताले पहिलो चरणमा डिजाइन पुनरावलोकन तथा बोलपत्र सम्बन्धी कागजात तयारी गर्ने छ। यसका लागि २१ महिना छुट्याइएको छ।
दोस्रो चरणमा आयोजना निर्माण कार्यको सुपरीवेक्षण गर्ने छ। यसका लागि ७२ महिना राखिएको छ। तेस्रो चरणमा आयोजना सञ्चालन तथा मर्मत सम्भारका लागि परामर्श सेवा उपलब्ध गराउने छ । यसका लागि २४ महिना छुट्याइएको छ।
सम्झौतामा हस्ताक्षरका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक एवम् अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडका अध्यक्ष कुलमान घिसिङले समयको चापलाई ख्याल गरी काम गर्न परामर्शदातासँग आग्रह गरे।
आयोजनाको मुख्य संरचना निर्माणका लागि ठेकेदार छनोट गर्न ९ महिनाभित्र बोलपत्रसम्बन्धी कागजात तयार पार्ने भनिएको छ। यो आयोजना नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लाबासी र सर्वसाधारणको लगानीमा बनाउने तयारी छ।
यसबाहेक अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’(मिश्रित लगानी) मा आयोजना अगाडि बढाउन लागिएको हो।
विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट आगामी जुनभित्र वित्तीय व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ। आयोजनास्थलमा अहिले निर्माण पूर्वका तयारीका कार्यमा भइरहेका छन्।
कम्पनीका प्रबन्ध सञ्चालक फणिन्द्रराज जोशीका अनुसार विश्व बैंकको अगुवाइमा अन्तर्राष्टिय वित्तीय संस्थाहरुबाट १ अर्बदेखि १ अर्ब २० करोड डलरसम्म लगानी गर्ने गरी आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सम्झौतामा हस्ताक्षरको तयारी भइरहेको छ।
आयोजना बनाउन २ खर्ब १४ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडीसीएल)को नेतृत्वमा ५३ अर्ब रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी गर्ने समझदारी भइसकेको छ।
आयोजनालाई आवश्यक पर्ने २३२.१४ हेक्टर निजी जग्गा प्राप्ति करिब करिब सम्पन्न भएको छ। अधिग्रहण गरिने जग्गाको करिब ९८ प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको छ। सन् २०२६ बाट निर्माण सुरु गरी २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य छ।
आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।