logo

लोडसेडिङमा पनि पवन गोल्यानले तोक आदेशमा बढी बिजुली लिएको प्रमाण हामीसँग छ: कुलमान

    813   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार – उद्योगी पवन गोल्यानले लगाएको आरोपलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सीधै अस्वीकार गरेका छन् । बिहीबारको पत्रकार सम्मेलनमा तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको तोक आदेशमा बिजुली लिएको प्रमाण प्राधिकरणसँग अहिले पनि सुरक्षित रहेको घिसिङले दाबी गरे ।
उद्योगी गोल्यानले विद्युत प्राधिकरणले हचुवामा बिजुली काटेर उद्योगीमाथि अपराध गरेको आरोप लगाएका थिए । उपभोग नै नगरेको समयको बिजुलीको फर्जी बिल देखाउँदै उद्योगको बत्ती काटेर प्राधिकरणले उद्योगीमाथि अपराध गरेको गोल्यानको आरोप थियो ।
‘पवन गोल्यानजीको रिलाइन्स स्पिनिङ मिलले २०७० र २०७१ सालमा तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको तोक आदेशमा बिजुली प्रयोग गरेको प्रमाण अहिले पनि हामीसँग सुरक्षित छ’ बिहीबारको पत्रकार सम्मेलनमा घिसिङले भने, ‘आम जनता ६ घन्टा लोडसेडिङमा बस्दा रिलाइन्स स्पिनिङ मिलमा १ घन्टामात्रै लोडसेडिङ भएको छ ।’
घिसिङले गोल्यानको रिलाइन्स स्पिनिङ मिल लगायतका ८/१० वटा उद्योगले उद्योग मन्त्रालयबाट प्राधिकरणलाई चिठ्ठी लेख्न लगाएर प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकको तोक आदेशमा बिजुली उपयोग गरेको दाबी गरे ।
‘तपाईंहरुले लोडसेडिङ भन्दा बढी विद्युत पाउँ भनेर निवेदन दिएको र सोही अनुसार बिजुली उपयोग गरेको प्रमाण हामीसँग छ,’ उनले भने, ‘डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका छैनौं भनेर झुट बोल्न मिल्छ ?’
प्राधिकरणसँग एम्पावर, लकबुक र टीओडी मिटर तीनवटै तथ्यांक सुरक्षित भएको भन्दै उनले खपत नै नगरेको बिजुलीको बिल पठायो भनेर आरोप लगाउनु गतल भएको बताए । ‘गोल्यानको स्पिनिङ मिल लगायतका ८/१० वटा उद्योगले तोक आदेशका आधारमा बिजुली लिँदा जनताले कति लोडसेडिङमा बस्नुपर्यो होला’ घिसिङले भने, ‘टीओडीको डाउनलोड तथ्यांक उद्योगीहरुसँग पनि हुन्छ । त्यो उहाँहरुले देखाउन पनि सक्नुहुन्छ।’
चोरीमा बिल काट्न सक्ने अवस्था हुँदा हुँदै पनि आफूले डेडिकेटेडमा बिल काटेको बताएका छन् । अनुमति लिए पनि नलिए पनि विनियमावलीले बढी बिजुली खपत गर्ने उद्योगसँग महसुल असुल गर्न स्पष्ट व्यवस्था गरेको छ, हामीले त्यसैका आधारमा बिल काटेका हौं, चोरीमा डबल महसुल पनि लिन सक्थ्यौं तर हामीले त्यसो गरेनौं,’ उनले भने ।

प्राधिकरणका अनुसार रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी रहेको घिसिङले दाबी गरे ।घिसिङले प्राधिकरणले बिजुलीको फर्जी बिल नकाटेको दाबी गरे । डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा फर्जी बिल काटेको भन्दै आलोचना भइरहेका बेला घिसिङले यस्तो दाबी गरेका हुन् ।
‘उद्योगी साथीहरुले जति युनिटको सामान्य दर तिर्नुभएको छ, मैले त्यसैमा प्रिमियम लगाएको मात्रै हूँ’ घिसिङले भने । घिसिङले नेपाल विद्युत प्राधिकरणले बाध्य भएर उद्योगको लाइन काट्नु परेको बताए । ‘अब यो विषय विद्युत प्राधिकरण र मन्त्रिपरिषदको मात्रै रहेन, संसदीय समिति, अख्तियार, महालेखा र अदालतको विषय बनेको छ । कुनै निकायले नतिर्नु भनेको छैन । किन नउठाएको भनेर मलाई सरोकारवाला निकायहरुबाट निरन्तर ताकेता भइरहेको छ’ उनले भने ।

डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी ४५ वटा मुद्दा प्राधिकरणको पक्षमा फैसला भएको जानकारी गराउँदै आफूहरुले ठीक गरिरहेको दाबी गरे । ‘विगत डेढ महिनामा डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी ४५ वटा मुद्दा प्राधिकरणले जितिसकेको छ, ६ वटा मुद्दामा अन्तरिम आदेश जारी भएको, केही मुद्दा मात्रै चलिरहेका छन्’ उनले भने ।
अदालतले डेडिकेटेड र ट्रंक लाइनका विषउमा प्राधिकरणले जुन विल जारी गर्यो, त्यो ठीक हो र विद्युत महशुल निर्धारण आयोगले लगाएको शुल्क पनि ठीक हो भनेको कुलमानले दाबी गरे ।
यो विषयमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षतामा भएको पुनरावलोकन समितिमा जानुपर्ने व्यवस्था छ । उद्योगहरु पुनरावलोकनमा नगएको भन्दै अदालतले उहाँहरुको मुद्दा खारेज भएको हो । ‘अदालतले पनि उठाउनू भनेपछि हामी कसरी नउठाई बस्न सक्छौं ?’ उनले भने । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।