logo

भेरी–बबई डाइभर्सन आयोजनालाई गति दिन निर्देशन

    524   पटक पढिएको


४ पुस/अर्थ र व्यापार – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेको भेरी–बबई आयोजनालाई गति दिन निर्देशन दिएका छन् ।
मंगलबार आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्दै मन्त्री बस्नेतले तत्काल काममा गति दिन निर्देशन दिएका हुन् । आयोजनाको काममा ढिलाइ हुँदा सरकारले आम जनता र मुलुकलाई जवाफ दिनुपर्ने बताउँदै उनले भने, ‘यस्तो काममा ढिलाइ गर्ने छुट कसैलाई छैन ।’
यो आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति नभएको र निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण कार्यले गति लिन नसकेको मन्त्रालयले जनाएको छ ।
आयोजना सम्बद्ध अधिकारी आयोजना स्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको समेत मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय मातहत रहेको एक्सन रुम मार्फत आयोजनाबारे जानकारी लिएका थिए । काममा अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै मन्त्री बस्नेतले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनी समेत दिएका छन् ।
एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाइ गरेको भन्दै मन्त्री बस्नेतले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभाग र हरेक महिना मन्त्रालयका तर्फबाट आयोजना निरीक्षण गर्ने जानकारी दिए ।
सो अवसरमा निर्माण व्यवसायी तथा रमण कन्स्ट्रक्सनका सञ्चालक रमणकुमार महतोले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण आयोजना स्थलमा प्रभावकारी काम नभएको आरोप लगाए ।
आयोजना निर्देशक रणबहादुर बम लगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको व्यवस्था नगरेको बताए ।
आयोजना निर्देशक बमले दैनिक रुपमा दुईसय ६० घनमिटरका दरमा ढलान तथा कंक्रिटको काम हुनुपर्ने बताए । उनले आयोजनालाई दैनिक तीनवटा शत्रमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाए ।
छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले राज्यको साधन र स्रोत लगानी भएको आयोजनामा कुनै पनि ढिलाई नगर्न सम्बद्ध पक्षलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।